अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा पनि नेपालमा नघटेको भन्दै प्रदीप पौडेलको आलोचना

Author

सजिलो पत्रिका

२०८३ असार ११, बिहिबार

19
Share
Featured
  • नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाइएको भन्दै सरकार र नेपाल आयल निगम को आलोचना गरेका छन्।
  • विश्व बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको भन्दै उनले मूल्य समायोजनमा पारदर्शिताको अभाव रहेको आरोप लगाएका छन्।
  • स्वचालित मूल्य प्रणाली मूल्य बढ्दा मात्र होइन, घट्दा पनि समान रूपमा लागू हुनुपर्ने उनको भनाइ छ। उपभोक्तामाथि अनावश्यक आर्थिक भार नपार्न तत्काल इन्धनको मूल्य पुनरावलोकन गर्न उनले माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घट्दा पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाइएको भन्दै बालेन सरकार र नेपाल आयल निगमको कडा आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत पौडेलले विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११७.६३ डलरबाट घटेर ६९.२१ डलरमा झरिसक्दा पनि नेपाली उपभोक्ताले पुरानै महँगो मूल्य तिर्नु अन्यायपूर्ण भएको बताए। आयल निगमले 'हामी प्रशोधित तेल किन्छौँ' भन्ने प्राविधिक बहाना देखाएर मूल्य समायोजन नगर्नु पारदर्शिताको अभाव र सुशासनको कमजोरी भएको उनको आरोप छ।

महामन्त्री पौडेलले स्वचालित मूल्य प्रणाली मूल्य बढ्दा मात्र नभई घट्दा पनि समान रूपमा लागू हुनुपर्नेमा जोड दिएका छन्। "निगम घाटामा हुँदा उपभोक्ताले सहयोग गर्ने, तर मूल्य घट्दा प्रतिफल नपाउने अवस्था न्यायसंगत छैन," उनले भनेका छन्। उनले उपभोक्तालाई अनावश्यक आर्थिक भार नबोकाउन र तत्काल इन्धनको मूल्य पुनरावलोकन गर्न सरकार र आयल निगमसँग माग गरेका छन्।

यो समाचारमा

प्रदिप पौडेलनेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...