प्रतिनिधिसभाको बैठक एक दिन पछि सर्यो

Author

सजिलो पत्रिका

२०८३ असार १०, बुधबार

3
Share
Featured
  • प्रतिनिधिसभाको बैठक असार ११ गतेबाट सारेर असार १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।
  • सभामुख डोलप्रसाद अर्यालले नियमावलीअनुसार बैठकको मिति र समय परिवर्तन गरेका हुन्।
  • चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन लम्बिएकाले बैठक सारिएको बुझिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित प्रतिनिधि सभाको बैठक एक दिन पछि सरेको छ। सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनाअनुसार सभामुख डोल प्रसाद अर्यालले बैठक असार १२ गते शुक्रबार दिउँसो १:०० बजेका लागि तोकेका छन्।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन लम्बिएका कारण बैठक सारिएको बुझिएको छ। प्रतिनिधिसभाको बैठक सरे पनि राष्ट्रिय सभाको बैठक भने पूर्वनिर्धारित समय असार ११ गते नै बस्ने संसद् सचिवालयले जनाएको छ। सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति र समय परिवर्तन गरेका हुन्।


यो समाचारमा

चितवनकाठमाडौँडोल प्रसाद अर्यालप्रतिनिधि सभा
राष्ट्रिय स्वतन्त्र पार्टी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसप बालकुमारीमा सञ्चालन

    काठमाडौँ।नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा नयाँ अत्याधुनिक इभी वर्कसप सञ्चालनमा ल्याएको छ। एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र डोङफेङ मोटर्सका प्रतिनिधिहरूले संयुक्त रूपमा वर्कसपको उद्घाटन गरेका हुन्।१५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको

    Data is loading...

    Loading brands...

    Loading footer...