कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका गुठीचौरका अध्यक्षसहित तीन जनप्रतिनिधि पदमुक्त

Author

सजिलो पत्रिका

२०८३ असार ०९, मङ्गलबार १४:१०

23
Share
Featured
  • कांग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा सहित तीन जनप्रतिनिधि रास्वपामा प्रवेश गरेपछि पदमुक्त भएका छन्।
  • पदमुक्त हुने अन्यमा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र बुटवल–३ का वडाध्यक्ष विष्णु ढकाल रहेका छन्।
  • राजनीतिक दलसम्बन्धी ऐनअनुसार निर्वाचित दल त्याग गरेपछि पद स्वतः रिक्त हुने व्यवस्था बमोजिम निर्वाचन आयोगले पद रिक्त भएको सूचना जारी गरेको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

नेपाली काँग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढासहित तीन जनप्रतिनिधि पदमुक्त भएका छन्। उनीहरू कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि निर्वाचन आयोगले मङ्गलबार सूचना जारी गर्दै पद रिक्त भएको जानकारी दिएको हो।

पदमुक्त हुनेहरूमा अध्यक्ष बुढासँगै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष विष्णु ढकाल रहेका छन्। यी तीनै जना २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार, निर्वाचित भएको दल त्याग गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ। सोही ऐनको दफा ३२ बमोजिम कांग्रेस केन्द्रीय समितिले उनीहरूले दल त्याग गरेको जानकारी आयोगलाई गराएपछि आयोगले पदमुक्त गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगको यो निर्णयसँगै सम्बन्धित स्थानीय तहका ती पदहरू अब रिक्त भएका छन्।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँगुठीचौर गाउँपालिकाराष्ट्रिय स्वतन्त्र पार्टी
नेपाली काँग्रेस6 more

ट्यागहरू

#निर्वाचन आयोग#पदमुक्त#गुठीचौर गाउँपालिका#नेपाली कांग्रेस#राष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू