सम्पत्ति छानबिनको पक्षमा म अहिले पनि अडिग छु - जनार्दन शर्मा

Author

सजिलो पत्रिका

२०८३ असार ०९, मङ्गलबार

15
Share
Featured
  • पूर्वमन्त्री जनार्दन शर्मा ले आफू सम्पत्ति छानबिनको पक्षमा रहेको र यस विषयमा अझै अडिग रहेको बताएका छन्।
  • उनले सम्पत्ति छानबिनको विषय सदन र पार्टीभित्र पनि उठाएको दाबी गरेका छन्।
  • आफूसँग असम्बन्धित विषय जोडेर ‘मिडिया ट्रायल’ मार्फत भ्रम सिर्जना गर्न खोजिएको भन्दै उनले दुःख व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वमन्त्री जनार्दन शर्माले आफू सधैँ सम्पत्ति छानबिनको पक्षमा रहेको र यस विषयमा सदन तथा पार्टीमा आवाज उठाउँदै आएको दाबी गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सम्पत्ति छानबिन हुनुपर्ने अडानमा आफू अहिले पनि अडिग रहेको स्पष्ट पारेका हुन्।

शर्माले आफूसँग सरोकार नै नभएको विषयलाई जोडेर भ्रम सिर्जना गर्ने उद्देश्यले 'मिडिया ट्रायल' भइरहेको भन्दै दुःख व्यक्त गरेका छन्। "सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ, त्यसमा म अहिले पनि अडिग छु," उनले भनेका छन्, "तर सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्यले गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।" उनले यस्ता गतिविधिले जनतामा भ्रम छर्न खोजिएको आरोप समेत लगाएका छन्।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    काठमाडौं । सरकारले बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त र चोरी पैठारी गरिएका सामान बिक्री गर्ने व्यवसायीलाई कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो।भौतिक बजारका साथै

    Data is loading...

    Loading brands...

    Loading footer...