अख्तियारका पदाधिकारी थुनिएको विषयले संसद हंगामा

Author

सजिलो पत्रिका

२०८३ असार ०४, बिहिबार

17
Share
Featured
  • नेपाली कांग्रेसले अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको भन्दै गम्भीर प्रश्न उठाएको छ।
  • कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले घटनाको संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
  • प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने भन्दै सभामुखसँग रुलिङको माग गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको भन्दै गम्भीर प्रश्न उठाएको छ। बिहीबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि कांग्रेस सांसद नरेन्द्र कुमार केरुङले यो विषय उठाएका हुन्।

सांसद केरुङले संवैधानिक निकायका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयभित्रै थुनेर धम्की दिँदै पक्राउ पुर्जी जारी गर्न लगाइएको कुरा बाहिर आएको भन्दै सरकारको कडा आलोचना गरे। "संवैधानिक निकायका प्रमुखलाई थुनेर पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइनु लोकतन्त्रका लागि घातक छ," उनले भने।

कांग्रेसले यो विषय सत्य हो भने तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। साथै, यस विषयमा प्रधानमन्त्री बालेन शाह स्वयंले संसद्मा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने भन्दै कांग्रेसले सभामुख डोल प्रसाद अर्यालसँग रुलिङको माग समेत गरेको छ।

यो समाचारमा

नरेन्द्र कुमार केरुङकाठमाडौँडोल प्रसाद अर्यालनेपाली काँग्रेस
अख्तियार दुरुपयोग अनुसन्धान आयोग5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...