प्रतिनिधिसभा बैठक आज, विनियोजन विधेयक पारित गर्ने तयारी

Author

सजिलो पत्रिका

२०८३ असार ०४, बिहिबार

4
Share
Featured
  • प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ, जहाँ विनियोजन विधेयक, २०८३ माथिको छलफलका प्रश्नहरूको मन्त्रीहरूले जवाफ दिनेछन्।
  • विभिन्न मन्त्रालयका शीर्षकमा दर्ता भएका खर्च कटौती प्रस्तावहरू सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहीबार बिहान ११ बजे बस्दैछ। आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने मुख्य कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार गृह, अर्थ, परराष्ट्र, रक्षा, शिक्षा तथा खेलकुद, र प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालय एवं निकायका शीर्षकहरूमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। मन्त्रीहरूको जवाफपछि सभामुखले विभिन्न मन्त्रालयका शीर्षकमा सांसदहरूले दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्नेछन्।

आजकै बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। यो प्रस्ताव पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रक्रियाले पूर्णता पाउनेछ।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँ उपत्यकामा २४ घण्टामा २५५६ सवारीचालक कारबाहीमा

    काठमाडौँ।काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५५६ सवारीचालक कारबाहीमा परेका छन्। यस कारबाहीबाट राज्यकोषमा २२ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन (मापासे) गरेका १०६, नियमविपरीत 'राइड सेयरिङ' गर्ने १५४, ट्राफिक सङ्केत बत्ती मिच्ने

    Data is loading...

    Loading brands...

    Loading footer...