प्रहरीको कार्यशैली र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सांसद हर्कराज राईको कडा आपत्ति

Author

सजिलो पत्रिका

२०८३ असार ०१, सोमबार

8
Share
Featured
  • सांसद हर्कराज राईले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
  • सुस्तामा पक्राउ परेका युवाहरूको रिहाइ र देशभक्तिमाथि झुट्टा मुद्दा नचलाउन सरकारसँग आग्रह गरेका छन्।
  • प्रहरीको व्यवहारमाथि प्रश्न उठाउँदै टेम्पो नष्ट गर्ने र विद्यार्थीको मोबाइल बिगार्ने जिम्मेवारलाई कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज साम्पाङ राईले सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकार र प्रहरीको पछिल्लो कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन्। विशेष समय लिएर बोल्दै राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा दिएको विवादित अभिव्यक्ति तत्काल रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए।

सांसद राईले सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने युवाहरू अजय सोदारी र बिरजन विकलाई पक्राउ गरिएकोमा विरोध जनाउँदै उनीहरूको तत्काल रिहाइको माग गरे। उनले देशभक्त युवाहरूलाई झुट्टा मुद्दा चलाउन खोजिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

प्रहरीको व्यवहारमाथि प्रश्न उठाउँदै राईले विद्यार्थीको मोबाइल खोसेर नष्ट गरिएको र एक विपन्न चालकको टेम्पो भीरबाट खसालिएको घटनाको कडा आलोचना गरे। "गरिबको टेम्पो भीरबाट गुल्ट्याउने र विद्यार्थीको मोबाइल पानीमा डुबाउने अमानवीय कार्य गर्नेलाई कारबाही हुनुपर्छ र पीडितलाई क्षतिपूर्ति दिनुपर्छ," उनले भने। सुरक्षाकर्मीबाटै सर्वसाधारणको घरमा ढुङ्गा प्रहार हुने जस्ता गतिविधिले लोकतन्त्रमा नागरिकले सुरक्षाको साटो त्रास महसुस गरिरहेको भन्दै उनले प्रहरीलाई भरोसायोग्य बनाउन सरकारसँग माग गरे।

यो समाचारमा

हर्कराज साम्पाङ राईप्रतिनिधि सभाबालेन्द्र शाह (बालेन)श्रम संस्कृति पार्टी
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री भएर गुनासो नगर्न महावीर पुनलाई हर्क साम्पाङको चेतावनी

    काठमाडौँ।श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो नगर्न र सदनको समय खेर नफाल्न सचेत गराएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा मन्त्री पुनले कानुनको अभाव र बजेट खर्चमा समस्या रहेको भन्दै लामो र ठट्यौलीपूर्ण जवाफ दिएपछि साम्पाङले असन्तुष्टि जनाएका हुन्।"सरकारले गुनासो गर्ने

    Data is loading...

    Loading brands...

    Loading footer...