राजमार्गमा प्रत्येक सय मिटरमा सार्वजनिक शौचालय बनाउन सांसद तामाङको माग

Author

सजिलो पत्रिका

२०८३ जेठ २९, शुक्रबार

1
Share
Featured
  • रास्वपाकी सांसद आशिका तामाङले राजमार्गमा सार्वजनिक शौचालयको अभावले यात्रुहरूलाई सास्ती भइरहेको बताएकी छन्।
  • विशेषगरी पृथ्वी राजमार्गमा शौचालय नहुँदा यात्रुहरू जथाभाबी दिसा–पिसाब गर्न बाध्य भएको उनको भनाइ छ।
  • यात्रुहरूको सुविधा र सरसफाइका लागि राजमार्गमा पर्याप्त सार्वजनिक शौचालय निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

धादिङबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले राजमार्गमा सार्वजनिक शौचालयको अभावका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले विशेषगरी पृथ्वी राजमार्गमा शौचालय नहुँदा यात्रुहरू जथाभाबी दिसा-पिसाब गर्न बाध्य भएको बताइन्। "पृथ्वी राजमार्गमा यात्रा गर्दा शौचालय नभएकै कारण गाडीबाट ओर्लेर झाडीमा दौडिनुपर्ने अवस्था छ," उनले भनिन्।

यात्रुहरूको यो आधारभूत समस्या समाधानका लागि उनले राजमार्गका प्रत्येक सय मिटरमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने प्रस्ताव सरकारसमक्ष राखेकी छिन्। उनले सडक पूर्वाधारसँगै मानवीय आवश्यकताका यस्ता संरचना निर्माणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन्।

यो समाचारमा

काठमाडौँधादिङराष्ट्रिय स्वतन्त्र पार्टीआशिका तामाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साइबर ठगी नियन्त्रण र डिजिटल साक्षरता अभियान चलाउन सांसद रञ्जु न्यौपानेको माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद रञ्जु न्यौपानेले मुलुकमा बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोहलाई तत्काल कारबाही गर्न माग गरिन्।सांसद न्यौपानेले ह्वाट्सएप ह्याक गरी आफन्तबाट पैसा असुलिएका र बैंक खाताबाट

    Data is loading...

    Loading brands...

    Loading footer...