साइबर ठगी नियन्त्रण र डिजिटल साक्षरता अभियान चलाउन सांसद रञ्जु न्यौपानेको माग

Author

सजिलो पत्रिका

२०८३ जेठ २९, शुक्रबार

Share
Featured
  • सांसद रञ्जु न्यौपानेले बढ्दो साइबर अपराध र डिजिटल ठगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्।
  • ह्वाट्सएप ह्याक, बैंक खाता र क्यूआर कोडमार्फत हुने ठगी रोक्न शंकास्पद खाता तत्काल ब्लक गर्न माग गरिन्।
  • साइबर ब्युरोलाई थप स्रोतसाधन उपलब्ध गराई देशव्यापी डिजिटल साक्षरता अभियान सञ्चालन गर्न आग्रह गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद रञ्जु न्यौपानेले मुलुकमा बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोहलाई तत्काल कारबाही गर्न माग गरिन्।

सांसद न्यौपानेले ह्वाट्सएप ह्याक गरी आफन्तबाट पैसा असुलिएका र बैंक खाताबाट १० लाख रुपैयाँसम्म चोरी भएका प्रतिनिधि घटनाहरू संसदमा प्रस्तुत गरिन्। ह्याकरहरूले नेपालकै बैंक खाता र क्यूआर कोड प्रयोग गरिरहेको पाइएकाले त्यस्ता शंकास्पद खाताहरू तत्काल ब्लक गर्ने व्यवस्था मिलाउन उनले सरकारलाई आग्रह गरिन्।

उनले साइबर ब्युरोसँग सीमित स्रोतसाधन रहेको उल्लेख गर्दै यसलाई थप शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउन माग गरिन्। साथै, नागरिकमा डिजिटल साक्षरताको कमीका कारण ठगी बढेको भन्दै सरकारले देशव्यापी रूपमा डिजिटल साक्षरता अभियान चलाउनुपर्नेमा उनले जोड दिइन्।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    राजमार्गमा प्रत्येक सय मिटरमा सार्वजनिक शौचालय बनाउन सांसद तामाङको माग

    काठमाडौँ । धादिङबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले राजमार्गमा सार्वजनिक शौचालयको अभावका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले विशेषगरी पृथ्वी राजमार्गमा शौचालय नहुँदा यात्रुहरू जथाभाबी दिसा-पिसाब गर्न बाध्य भएको बताइन्। "पृथ्वी राजमार्गमा यात्रा गर्दा शौचालय नभएकै कारण गाडीबाट ओर्लेर झाडीमा

    Data is loading...

    Loading brands...

    Loading footer...