राज्य व्यवस्था समितिको बैठक आज बस्दै

Author

सजिलो पत्रिका

२०८३ जेठ २२, शुक्रबार

1
Share
Featured
  • प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ।
  • बैठकमा अघिल्ला निर्णयहरूको कार्यान्वयन प्रगति समीक्षा तथा समितिलाई प्रभावकारी बनाउन तीन उपसमिति गठनबारे छलफल हुनेछ।
  • साथै मन्त्रालय तथा निकायहरूको कामकारबाही अध्ययन, उजुरी छानबिन र स्थलगत अनुगमन सम्बन्धी विषयमा पनि छलफल गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ। सिंहदरवारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न उपसमिति गठनदेखि स्थलगत अनुगमनका विषयमा छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा अघिल्ला बैठकका निर्णयहरूको कार्यान्वयन प्रगति सम्बन्धी जानकारी लिइनेछ। साथै समितिको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन तीनवटा उपसमिति गठन गर्ने विषयमा पनि छलफल हुने कार्यसूचीमा तय गरिएको छ।

बैठकले समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति तथा समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय र निकायहरूको कामकारबाही अध्ययन एवं निगरानी उपसमिति गठन गर्ने विषयमा छलफल गर्नेछ।

त्यस्तै, समितिको कार्यक्षेत्रभित्र पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ। 

यो समाचारमा

काठमाडौँसिंहदरवारप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...