ह्वाट्सएपको सूचनाका भरमा उपनिर्वाचन गराइएको भन्दै रास्वपा कार्यकर्ता रुष्ट

Author

सजिलो पत्रिका

२०८३ जेठ २४, आइतबार

7
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी बाराका कार्यकर्ताले कलैया उपमहानगरपालिकाको नगर अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन्।
  • कार्यकर्ताहरूका अनुसार उमाशंकर रनिया विजयी घोषणा भई शपथग्रहणसमेत गरिसकेपछि पुनः निर्वाचन गराइनु विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको हो।
  • उनीहरूले उपनिर्वाचनको वैधानिक आधार सार्वजनिक गर्न, प्रक्रिया पारदर्शी बनाउन तथा सीमित व्यक्तिबीच गरिएको भनिएको पुनः निर्वाचनबारे पार्टी नेतृत्वबाट स्पष्ट जवाफ माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताले कलैया उप-महानगरपालिकाको नगर अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन्। विजयी घोषणा गरी शपथग्रहण समेत भइसकेको नेतृत्वलाई पुनः निर्वाचन गराउनु पार्टी विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको उनीहरूको दाबी छ।

गत जेठ १७ गते सम्पन्न अधिवेशनमा उमाशंकर रनिया १२४ मतसहित नगर सभापतिमा विजयी भएका थिए। तर, दुई दिनपछि '५० प्रतिशत मत नपुगेको' आधार देखाउँदै ह्वाट्सएपमार्फत सूचना जारी गरी पुनः उपनिर्वाचन गराइएको थियो। समर्थक धिराज पटेलका अनुसार कुनै आधिकारिक हस्ताक्षर वा पद उल्लेख नभएको साधारण कागजको भरमा पुनः निर्वाचन गराइनु शंकास्पद र आपत्तिजनक छ।

कार्यकर्ताहरूले विजयी उम्मेदवारलाई माला र अबिर लगाइसकेपछि पुनः निर्वाचन गराउनु अनुचित भएको बताएका छन्। साथै, उपनिर्वाचनमा अधिकांश वडा प्रतिनिधिलाई सहभागी नगराई सीमित व्यक्तिबीच मात्र प्रक्रिया टुङ्ग्याइएको उनीहरूको आरोप छ। उनीहरूले पार्टी नेतृत्वसँग उपनिर्वाचनको वैधानिक आधार सार्वजनिक गर्न र पारदर्शिता कायम गर्न माग गरेका छन्। रास्वपा समर्थकहरूले यस्ता गतिविधिले पार्टीमा परिवर्तनको आशा राख्नेहरूलाई निराश बनाएको बताएका छन्।

यो समाचारमा

कलैया उप-महानगरपालिकाकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीबारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेप्से परिसूचक २०.२७ अंकले घट्यो

    काठमाडौँ।साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ बिन्दुमा कायम भएको छ।आज ३५६ कम्पनीका ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स लिमिटेड

    Data is loading...

    Loading brands...

    Loading footer...