सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

Author

सजिलो पत्रिका

२०८३ जेठ २२, शुक्रबार

17
Share
Featured
  • सुधन गुरुङ माथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन बालेन्द्र शाह लाई बुझाएको छ।
  • पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी को नेतृत्वमा गठित समितिले गुरुङको सम्पत्तिको स्रोतसम्बन्धी आरोपको अध्ययन गरी प्रतिवेदन तयार गरेको हो।
  • स्रोतका अनुसार प्रतिवेदनको निष्कर्षका आधारमा प्रधानमन्त्री शाहले सुधन गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिने सम्भावनाबारे विचार गरिरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।

सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

गुरुङको राजीनामापछि हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह आफैँले सम्हालिरहेका छन्। स्रोतका अनुसार, यही प्रतिवेदनको निष्कर्षका आधारमा प्रधानमन्त्री शाहले सुधन गुरुङलाई पुनः गृह मन्त्रलयमा फर्काउने तयारी गरेका छन्। प्रतिवेदनमा उल्लेखित सुझाव र निष्कर्षका आधारमा सरकारले आगामी कदम चाल्ने बताइएको छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)सुदन गुरुङगृह मन्त्रलयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...