जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

Author

सजिलो पत्रिका

२०८३ जेठ २०, बुधबार

10
Share
Featured

काठमाडौं ।  नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणको लागि जेनजी पुस्तासँग छलफल अघि बढाएका छन्।

राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग भेटवार्ता गरेका हुन्। राजसंस्थावादी राजनीतिक शक्तिहरूलाई एउटै मञ्चमा उभ्याएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले उनले राप्रपा परित्याग गरेको जनाइएको छ।

राप्रपाको असन्तुष्ट पक्षले मलमास सकिएलगत्तै नयाँ दल घोषणा गर्ने तयारी गरिरहेको छ। सोही तयारीकै क्रममा राणाले मंगलबार राजसंस्थावादी अभियन्ता दुर्गा प्रसाईंसँग पनि छलफल गरेका थिए। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैली र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै राणाले नयाँ राजनीतिक अभियान सुरु गरेका हुन्। उनले युवापुस्तालाई केन्द्रमा राखेर राष्ट्रवादी एजेण्डा अघि बढाउने संकेत दिएका छन्। ‘जेनजी एलायन्स फर मोनार्की’ सँगको छलफलपछि राणाको नयाँ दल निर्माणको खाका झनै स्पष्ट हुने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज पनि स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । त्यस्तै, झापा, मोरङ, इलाम, सुनसरी,

    Data is loading...

    Loading brands...

    Loading footer...