सभामुखसँगको विवादपछि साम्पाङ गरे संसद बहिष्कार

Author

सजिलो पत्रिका

२०८३ जेठ १३, बुधबार

13
Share
Featured
  • श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीलाई संसदमा बोलाउन माग गर्दै आज फेरि संसद बैठक बहिष्कार गरे।
  • सभामुख डोलप्रसाद अर्याललेरुलिङ गर्न अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएका थिए।
  • असन्तुष्ट बनेका साम्पाङ पर्चा प्रदर्शनपछि कालो झोला भिरेर बैठक कक्षबाट बाहिरिएका हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज साम्पाङ राईले आज पुनः संसद बैठक बहिष्कार गरेका छन्। सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसदमा बोलाउन रुलिङ गर्न अस्वीकार गरेपछि साम्पाङ बैठकबाट बाहिरिएका हुन्।

बैठक सुरु हुनासाथ साम्पाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराई जवाफदेही बनाउनुपर्ने माग गर्दै पर्चा प्रदर्शन गरेका थिए। उनले यसबारे सभामुखबाट रुलिङको माग गरे पनि सभामुख अर्यालले "के विषयमा रुलिङ गर्ने वा नगर्ने भन्ने कुरा आफूलाई सिकाउनु नपर्ने" भन्दै कडा जवाफ दिएका थिए।

सभामुखको उक्त टर्रो जवाफपछि असन्तुष्ट बनेका साम्पाङ आफ्नो कालो झोला भिरेर बैठक कक्षबाट बाहिरिएका हुन्। साम्पाङले पछिल्लो समय प्रधानमन्त्रीको जवाफदेहिताको माग गर्दै लगातार संसदमा आवाज उठाउँदै आएका छन्।

यो समाचारमा

काठमाडौँश्रम संस्कृति पार्टीहर्कराज साम्पाङ राईबालेन्द्र शाह (बालेन)
डोल प्रसाद अर्याल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...