कोइराला निवास पुगेर गगनले भने- भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोज्यो

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

26
Share
Featured

काठमाडौँ : नेपाली काँग्रेस का सभापति गगन थापाले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको बताएका छन्।

शनिवार विराटनगरको कोइराला निवास पुगेका थापाले वर्तमान सरकार भदौ २४ गतेको घटनालाई ढाकछोप गर्न लागिरहेको बताए।

भदौ २३ गतेको अप्रिय घटनामा राज्यको कमजोरी रहेको स्वीकार गर्दै उनले त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताए। तर भदौ २४ गते कोइराला निवासदेखि चाक्सीवारी, सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको तोडफोड, आगजनी र हिंसाबारे राज्य मौन बसेको उनको आरोप छ।

भदौ २४ गते पनि थुप्रै युवा र प्रहरीहरू मारिएको बताउँदै उनले त्यसको सत्य बाहिर ल्याउने प्रयास राज्यले नगरेको बताए। उनले नेपाली कांग्रेसले विशेष महाधिवेशनपछिको पहिलो बैठकदेखि नै भदौ २४ घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएको स्मरण गराउँदै सरकारले आफ्नै प्रतिबद्धता बिर्सिएको आरोप लगाए। 

उनका अनुसार सरकारले सय दिने कार्यक्रम सार्वजनिक गर्दा भदौ २४ गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको थियो। तर हाल यसलाई ढाकछोप गर्ने प्रयास भइरहेको बताउँदै उनले यो स्वीकार्य नभएको बताए। 

उनले भदौ २४ को तत्काल न्यायिक छानबिन आयोग गठन गर्न र हिंसा, आतंक तथा उपद्रोमा संलग्न दोषीहरूलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गरे।

सभापति थापाले मानवअधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजानिक गर्न माग गरे। उनले आयोगले तत्काल प्रतिवेदन सार्वजानिक गर्नुपर्ने र सरकारले आयोगको प्रतिवेदन कार्यन्वयनमा लैजानुपर्ने बताए। उनले प्रतिवेदन सार्वजानिक नगर्न र सच्याउन सरकारले आयोगलाई दबाव दिएको पनि आरोप लगाए।

यो समाचारमा

गगन थापाकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...