काठमाडौँ
लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले तीव्र बनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयले उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
यसै क्रममा उद्योग मन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन्। निरीक्षणका क्रममा उनले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति तथा पुनः सञ्चालनका सम्भावनाबारे जानकारी लिएकी हुन्।
मन्त्री यादवले उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सरोकारवालासँग छलफल पनि गरेकी छन्। सरकार ऐतिहासिक उद्योगलाई पुनर्जीवित गर्दै औद्योगिक उत्पादन र रोजगारी प्रवर्द्धन गर्ने योजनामा रहेको बताइएको छ।