एमाले सचिवालयमा नेतृत्व संकट गहिरिँदै, ओलीमाथि राजीनामाको दबाब बढ्यो

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

15
Share
Featured
  • नेकपा एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छोड्न उपाध्यक्षसहित केही पदाधिकारीहरूले दबाब बढाएका छन्।
  • ओलीले राजीनामाको माग गर्ने नेतामाथि कारबाही गर्ने संकेत गरेपछि बैठकमा तनाव र तीव्र मतभेद देखिएको छ।
  • सचिवालयभित्र ओलीको पक्ष र विपक्षमा स्पष्ट विभाजन देखिँदै पार्टी नेतृत्वबारे बहस चर्किएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकमा अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई नेतृत्व छोड्न दबाब बढ्दै गएको छ। नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षा गर्न बोलाइएको बैठक शनिबार पनि ओली निवास गुण्डुमा निरन्तर चलिरहेको छ।

शुक्रबार बसेको बैठकमा पाँच उपाध्यक्षमध्ये चार जनाले ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिएर पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिएका थिए। तर सो सुझावलाई अस्वीकार गर्दै ओलीले पुनर्गठनको माग गर्ने नेतामाथि कारबाही गर्ने संकेत दिएपछि बैठक तनावपूर्ण बनेको बताइएको छ।

बैठकमा नेताहरूबीच चर्को बहस र भनाभनसमेत भएको स्रोतले जनाएको छ। उपाध्यक्ष तथा अन्य पदाधिकारीहरूबीच पार्टी नेतृत्वबारे स्पष्ट मतभेद देखिएको छ। केही नेताहरूले ओलीबाट अब पार्टी सञ्चालन सम्भव नरहेको निष्कर्ष निकाल्दै मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका छन्।

सचिवालयका १९ सदस्यमध्ये केही पदाधिकारीहरू ओलीको विपक्षमा उभिने तयारीमा रहेको बताइएको छ। बदलिँदो परिस्थितिमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु पौडेलसहित केही नेताहरू पनि विकल्प नेतृत्वबारे छलफलमा रहेको स्रोतको दाबी छ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...