भाजपा साम्राज्यलाई साङ्लोको चुनौती?

सस्मिता सुनार
२०८३ जेठ ०८, शुक्रबार १९:०६

नेपाल र बङ्गलादेशको जेनजी आन्दोलनकै शैलीमा भारतमा नयाँ डिजिटल तरंगस सत्ताधारी भाजपाभन्दा ककरोच जनता पार्टी को फलोअर्स बढी।
काठमाडौँ। डिजिटल युगसँगै विश्वभरि नै युवा नेतृत्वको प्रभाव तीव्र रूपमा बढ्न थालेको छ। विशेष गरी दक्षिण एसियाली मुलुकहरू— बंगलादेश, श्रीलंका, नेपाल र भारतमा सामाजिक सञ्जाल केवल मनोरञ्जनको साधन मात्र नभई सत्ता परिवर्तन र शक्तिको बलियो माध्यम बन्दै गएको छ।
चरम बेरोजगारी, महँगी र गरिबीको चपेटामा परेका युवा पुस्ताले अब स्थापित प्रणालीविरुद्ध आवाज उठाउन थालेका छन्। आर्थिक मन्दी र अवसरको अभावका कारण अहिले पनि एसियाली युवाहरू खाडी र युरोपेली मुलुक जान बाध्य छन्। तर, पछिल्लो समय यही बाध्यता र आक्रोशले विद्रोहको रूप लिन थालेको छ।
बङ्गलादेश र श्रीलङ्काको बाछिटा
बंगलादेश र श्रीलङ्कामा भएका आन्दोलनहरू दक्षिण एसियाकै इतिहासमा ठूला उथलपुथलकारी घटना मानिन्छन्। जनताको चरम असन्तुष्टि, आर्थिक सङ्कट र शासकहरूको तानाशाही प्रवृत्तिका विरुद्ध भएका यी जनविद्रोहले त्यहाँका शक्तिशाली सरकारहरूलाई ढाले।
विशेष गरी बङ्गलादेशमा भएको कोटा विरोधी आन्दोलन यसको ज्वलन्त उदाहरण हो। १५ वर्षदेखि एकछत्र शासन गरिरहेकी शेख हसिनाले अन्ततः विद्यार्थीहरूको आक्रोशसामु टिक्न नसकेर देशै छाडेर भाग्नुपर्यो। यस आन्दोलनको कमान्ड कुनै स्थापित राजनीतिक दलले नभई २४(२५ वर्षका जेनजी अर्थात् साधारण विद्यार्थीहरूले सम्हालेका थिए। यो आन्दोलनले विश्वभरिका युवाहरूलाई एउटा बलियो आत्मविश्वास दियो—यदि युवाहरू एकजुट भए भने जस्तोसुकै शक्तिशाली र भ्रष्ट व्यवस्थालाई पनि बदल्न सकिन्छ।
नेपालको जेनजी आन्दोलन र युवा सरकार
बङ्गलादेश र श्रीलङ्काको घटनाको बाछिटा नेपालमा पनि देखियो। नेपालमा युवाहरूको आवाज दबाउन सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध, बढ्दो बेरोजगारी, महँगी र पुराना राजनीतिक दलहरूको सिन्डिकेट विरुद्ध युवा पुस्ता सडकमा उत्रिए।
इन्टरनेट र सामाजिक सञ्जालको शक्तिबाट सुरु भएको जेनजी आन्दोलन को दबाबका कारण तत्कालीन सरकार परिवर्तन हुने परिस्थिति बन्यो। अन्ततः सोही जनलहर र राजनीतिक फेरबदलको जगमा नयाँ युवा नेतृत्वको उदय भयो र हाल देशमा युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारको नेतृत्व गरिरहेका छन्। २४ घण्टामै सत्ता समीकरण बदल्न सक्ने युवाहरूको यो डिजिटल तथा सडक आन्दोलनले अन्तर्राष्ट्रिय मञ्चमा निकै चर्चा पायो।
ककरोच जनता पार्टीको एउटा ठट्टा, जो करोडौँ युवाहरूको मोर्चा
छिमेकी मुलुकहरूमा आएको यही युवा लहरको प्रभाव यतिबेला भारतमा पनि देखिन थालेको छ। सामाजिक सञ्जालमा सुरु भएको एउटा सामान्य ठट्टाले कसरी विशाल राजनीतिक मोर्चाको रूप लिन सक्छ भन्ने उदाहरण ककरोच जनता पार्टी बनेको छ।अमेरिकाको बोस्टन विश्वविद्यालयबाट पब्लिक रिलेसन्स मा स्नातकोत्तर गरेका ३० वर्षीय युवा अभिजित दिपकेले यसको सुरुवात गरेका हुन्। स्थापनाको केही दिनमै यसको इन्स्टाग्राम अकाउन्टमा २०.५ मिलियन ९२ करोड ५ लाखभन्दा बढी) फलोअर्स पुगेका छन्, जसले भारतको सबैभन्दा ठूलो सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को आधिकारिक अकाउन्ट ९८८ लाख फलोअर्सलाई निकै पछि छाडिदिएको छ।
यो सबै घटनाको सुरुवात भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तको एउटा टिप्पणीबाट भएको हो। अदालतमा मुद्दाको सुनुवाइका क्रममा उनले बेरोजगार युवाहरू जो पत्रकारिता, सामाजिक सञ्जाल र सूचनाको हकको क्षेत्रमा सक्रिय छन्) लाई ककरोच र परजीवी को संज्ञा दिँदै प्रणालीमाथि आक्रमण गरिरहेको आरोप लगाएका थिए। यद्यपि, मुख्य न्यायाधीशले पछि आफ्नो प्रष्टीकरण दिँदै उक्त भनाइ नक्कली डिग्रीधारीहरू प्रति लक्षित भएको र युवाहरू विकसित भारतका स्तम्भु भएको बताए। तर, त्यतिवेलासम्म युवा पुस्तामा आक्रोशको डढेलो लागिसकेको थियो।

यही आक्रोशका बीच अभिजित दिपकेले एक्स (ट्विटर) मा एउटा पोस्ट गरे— यदि सबै ककरोचहरू एक ठाउँमा आए भने के होलारु ? त्यसको २४ घण्टाभित्रै उनले एआई औजारहरूको प्रयोग गरेर ककरोच जनता पार्टी को वेबसाइट, लोगो र एउटा तिखो घोषणापत्र तयार पारे। यो नाम मोदीको भारतीय जनता पार्टी लाई व्यङ्ग्य गर्न राखिएको हो।
पार्टीका ५ मुख्य माग र एजेन्डा

ककरोच जनता पार्टीले आफूलाई अल्छी र बेरोजगारहरूको आवाजु भनेर चिनाउँछ।
यसका मुख्य ५ एजेन्डाहरू :
न्यायालयको स्वतन्त्रता: सर्वोच्च अदालतका न्यायाधीशहरूलाई अवकाशपछि राज्यसभाको सिट वा अन्य कुनै सरकारी राजनीतिक पद दिन नपाइने।
मतदाता अधिकारको रक्षास् निर्वाचन प्रणालीमा हुने गडबडी, धाँधली र वैध भोटहरू हटाउने कार्यविरुद्ध कडा कदम चालिनुपर्ने।
दलबदलमा प्रतिबन्धस : चुनाव जितेपछि व्यक्तिगत फाइदाका लागि पार्टी परिवर्तन गर्ने नेताहरूमाथि चुनावी प्रतिबन्ध लगाउनुपर्ने।
मिडियाको जवाफदेहिता: जनताका वास्तविक मुद्दा ९बेरोजगारी, शिक्षा, महँगी छोडेर अफवाह फैलाउने र सरकारको चाकडी गर्ने मिडियामाथि कारबाही हुनुपर्ने।
महिला प्रतिनिधित्व : संसद् र मन्त्रिपरिषद्मा महिलाहरूका लागि ५० प्रतिशत सिट आरक्षित हुनुपर्ने।
यस पार्टीको सदस्य बन्नका लागि व्यङ्ग्यात्मक रूपमा ४ वटा मापदण्ड राखिएको छ:

बेरोजगार हुनुपर्ने, अल्छी हुनुपर्ने, सधैँ इन्टरनेटमा व्यस्त ९ऋजचयलष्अबििथ इलष्लिभ० रहने र प्रणालीविरुद्ध व्यावसायिक रूपमा आक्रोश पोख्न सक्ने।
भाजपा साम्राज्यलाई साङ्लोको चुनौती?

सन् २०१४ देखि भारतको सत्ता सम्हाल्दै आएका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भाजपाका लागि यो काल्पनिक र व्यङ्ग्यात्मक पार्टी एउटा नयाँ डिजिटल चुनौती बनेर उभिएको छ। भारतमा हरेक वर्ष ८० लाखभन्दा बढी युवाहरू स्नातक हुन्छन्, तर उनीहरूमध्ये २९.१ प्रतिशत बेरोजगार छन्। यो आन्दोलनले मोदी सरकारको त्यही कमजोर कडीमा प्रहार गरेको छ। सीजेपीको बढ्दो प्रभावका कारण भारतमा यसको एक्स अकाउन्ट कानुनी माग भन्दै ब्लक गरिएको छ भने इन्स्टाग्राम समेत ह्याक गर्ने प्रयास भएको पार्टीले जनाएको छ। तर युवाहरूको आकर्षण रोकिएको छैन।

हालै संस्थापक दिपकेले एउटा भिडियो पोस्ट गर्दै अब यो अभियान ठट्टा मात्र नरहेर एउटा जिम्मेवारी बनेको बताएका छन्। उनले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनको पहिलो कदम सुरु गरेका छन्। ककरोच जनता पार्टीका युवाहरूले भाजपालाई सामाजिक सञ्जालमा अनफलो र ब्लक गर्ने डिजिटल अभियान समेत चलाएका छन्।
सुरुमा रमाइलोका लागि सुरु गरिएको यो डिजिटल मोर्चाले नेपाल, बङ्गलादेश र श्रीलङ्काको जस्तै विशाल सडक विद्रोहको रूप लेला वा केवल डिजिटल माध्यममै सीमित होलार त्यो भने हेर्न बाँकी नै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कुल मतदान: 0
Loading brands...