दुर्घटनामा टिपर चालकको मृत्यु

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

29
Share
Featured

काठमाडौँ

धादिङको थाक्रे गाउँपालिका–७ स्थित राम्चेमा रहेको ढुङ्गा खानीमा टिपरमाथि ढुङ्गा खसेर चालकको मृत्यु भएको छ। खानीमा काम गर्ने क्रममा अचानक माथिबाट खसेको ठूलो ढुङ्गाले टिपरलाई किच्दा ३२ वर्षीय दीपेन्द्र खत्रीको घटनास्थलमै ज्यान गएको हो।

काठमाडौँ महानगरपालिका–५ बस्ने हर्कबहादुर तामाङले सञ्चालन गरेको बज्रकाली रोडा ढुङ्गा उद्योगमा ढुङ्गा लोड गर्न पुगेका खत्रीलाई सो दुर्घटना भएको प्रहरीले जनाएको छ। बा.५ख ८५८० नम्बरको टिपर लिएर खानीमा पुगेका उनी काम सुरु गर्ने क्रममा दुर्घटनामा परेका थिए।

स्थानीयले खानी सञ्चालकको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाउँदै शव उठाउन दिएका छैनन्। घटनाबारे इलाका प्रहरी कार्यालय खानीखोला र जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान गरिरहेको छ।

यो समाचारमा

धादिङथाक्रे गाउँपालिकाकाठमाडौँ महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...