गुण्डुमा एमाले सचिवालय बैठक जारी

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

14
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको निजी निवासमा झण्डै चार घण्टादेखि जारी रहेको छ। नेताहरूको कार्यविभाजनका विषयमा निर्णय गर्न मध्याह्न १२ बजेबाट सुरु भएको बैठक अझै निष्कर्षमा पुग्ने क्रममा रहेको जनाइएको छ।

एमाले नेतृ निरु पालका अनुसार बैठकमा प्रस्तुत विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ। यसअघि सोमबारको बैठकमा नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव वितरण गरिएको थियो भने अहिले त्यसैमा केन्द्रित भएर निर्णयको तयारी भइरहेको छ।

बैठकमा कुल ११ वटा एजेण्डामाथि छलफल भइरहेको बताइएको छ। यद्यपि प्रस्तावित कार्यविभाजनप्रति केही नेताहरूले असन्तुष्टि जनाएका छन् भने सकेसम्म बैठक लामो नबनाउने तयारी रहेको एमाले स्रोतले जनाएको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँभक्तपुरखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...