काठमाडौँ
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ। निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्ष पदमा वैद्यले ५६ मत प्राप्त गर्दै प्रतिस्पर्धी रामचन्द्र संघईलाई पराजित गरे। संघईले ३० मत प्राप्त गरेका थिए। त्यसैगरी कोषाध्यक्ष पदमा मनिषलाल प्रधानले ६१ मत ल्याएर अम्बिकाप्रसाद पौडेललाई पराजित गरेका हुन्। पौडेलले २५ मत पाएका थिए।
निर्वाचित दुवै उम्मेदवार अञ्जन श्रेष्ठ समूहबाट विजयी भएका हुन्। यससँगै महासङ्घको नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ।