नेप्से परिसूचक ६.११ अंकले बढ्यो

Author

सजिलो पत्रिका

२०८३ असार ३०, मङ्गलबार

3
Share
Featured

मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २,०५७.२६ विन्दुमा पुगेको छ।
आज ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १३ मध्ये १२ उपसमूहमा वृद्धि भएको छ।
कारोबारमा १६४ कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको घटेको र १० कम्पनीको मूल्य स्थिर रहेको छ।

समाचार सारांशGenerated using AI.

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.११ अंकले बढेर २०५७६.२६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७९ अंकले उकालो लागेर ४५१.३४ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक ०.३२ अंकले बढेर १७६.८८ मा पुगेको छ ।

सेन्सेटिभ फ्लोट सूचक भने ०.२० अंकले बढेर १५२.५० मा पुगेको छ । आज विभिन्न कम्पनीको एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर आठ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घट्यो । आज १६४ कम्पनीको सेयर बढ्यो भने १०१ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार कामना सेवा विकास बैंकको डिबेञ्चर, साङ्ग्रिला विकास बैंकको डिबेञ्चर, उपकार लघुवित्त संस्था लगायतका लगानीकर्ताले कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंक डिबेञ्चर र स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज गुमाएका छन् ।

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतद्वारा खारेज

    काठमाडौं । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज

    Data is loading...

    Loading brands...

    Loading footer...