कानुन बनाउँदा जनताको व्यावहारिक पक्ष बेवास्ता :सभामुख अर्याल

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

19
Share
Featured
  • सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा जनताको व्यावहारिक पक्ष बेवास्ता गरिएको भन्दै आलोचना गरेका छन्।
  • उनले सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी ९० दिनको प्रतीक्षा अवधि र शैक्षिक योग्यताको प्रावधानलाई अव्यावहारिक भनेका छन्।
  • कानुन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल हुनुपर्ने र प्रविधिमैत्री तथा जनमुखी कानुन आवश्यक रहेको उनले जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सभामुख डोल प्रसाद अर्यालले कानुन निर्माण गर्दा जनताको वास्तविक अवस्था र व्यावहारिक पक्षलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पूर्वसांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिए।

उनले पुराना र असान्दर्भिक कानुन संशोधन वा खारेज गर्दै प्रविधिमैत्री नयाँ कानुन बनाउनुपर्ने बताए। साथै सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी नियमावलीको आलोचना गर्दै ९० दिनको प्रतीक्षा अवधि र शैक्षिक योग्यताको प्रावधान अव्यावहारिक भएको टिप्पणी गरे।

सभामुख अर्यालले कानुन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल नहुने र जनतामाथि नियम लाद्ने प्रवृत्ति रहेको उल्लेख गरे। उनले तीन पुस्ताको अनुभव, श्रमशीलता र प्रविधिको संयोजनमार्फत मात्र प्रभावकारी कानुन निर्माण सम्भव हुने धारणा राखे।

यो समाचारमा

काठमाडौँडोल प्रसाद अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...