मुस्ताङमा पर्यटक आगमन उच्च, १० महिनामा साढे ५ लाखभन्दा बढी प्रवेश

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

19
Share
Featured
  • चालु आर्थिक वर्षको १० महिनामा ५ लाख ७३ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिएका छन्।
  • तीमध्ये करिब ४.२० लाख आन्तरिक र १.५३ लाख बाह्य पर्यटक रहेको प्रहरी तथ्याङ्क छ।
  • मुक्तिनाथ, कागबेनी र कोरला नाकाजस्ता स्थलको आकर्षणले पर्यटक आगमन बढिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकको उल्लेख्य आगमन भएको हो।

आन्तरिकतर्फ चार लाख २० हजार ८६ र बाह्यतर्फ एक लाख ५३ हजार ८९१ जना पर्यटक मुस्ताङ पुगेका छन्। पर्यटक आगमन सबैभन्दा बढी वैशाख महिनामा देखिएको प्रहरीले जनाएको छ।

मुक्तिनाथ मन्दिर, कागबेनीधाम, कोरला नाका लगायतका धार्मिक तथा पर्यटकीय स्थलमा आकर्षण बढेकाले मुस्ताङमा बर्सेनि पर्यटकको संख्या वृद्धि भइरहेको बताइएको छ।

यो समाचारमा

मुस्ताङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...