एमालेमा ओलीद्वारा नेताहरूको कार्यविभाजन प्रस्ताव, जिम्मेवारी बाँडफाँड छलफलमा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

20
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पार्टीका नेताहरूको कार्य विभाजनसहित जिम्मेवारी प्रस्ताव गरेका छन्। उक्त प्रस्ताव पार्टीभित्र छलफलका लागि अघि सारिएको हो।

प्रस्तावअनुसार उपाध्यक्ष राम बहादुर थापा (बादल) लाई सुशासन र सेवा प्रवाहको जिम्मेवारी दिने उल्लेख छ भने विष्णु पौडेललाई विभागहरूको संयोजनको जिम्मा प्रस्ताव गरिएको छ। त्यस्तै पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्टरघुजी पन्तलाई विभिन्न क्षेत्रगत विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

महासचिव शंकर पोखरेललाई संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको नेतृत्वको जिम्मेवारी प्रस्ताव गरिएको छ। अन्य नेताहरूको जिम्मेवारीबारे छलफल जारी रहेको बताइएको छ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीकाठमाडौँगोकर्ण विष्टपृथ्वी सुब्बा गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...