निर्वाचनसम्बन्धी अध्यादेश पेस गर्न लाग्दा प्रतिनिधिसभामा विपक्षी दलको विरोध

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

16
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभाको जारी बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी अध्यादेश पेस गर्न लागेपछि विपक्षी दलहरूले असहमति जनाउँदै विरोध गरेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गृह, रक्षा र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। उनकै तर्फबाट मन्त्रीले अध्यादेश पेस गर्ने तयारी गरेपछि विपक्षी दलहरू नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले),नेपाली कम्युनिष्ट पार्टीश्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोधमा उत्रिएका हुन्।

विरोधपछि सभामुख डोल प्रसाद अर्याल र विपक्षी सांसदहरूबीच केहीबेर बहस भएको थियो। सभामुखले एमाले सांसद ऐन बहादुर महरलाई बोल्न समय दिए पनि विपक्षीले त्यो समय अपर्याप्त भएको भन्दै असन्तुष्टि जनाएका थिए।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)ऐन बहादुर महर
श्रम संस्कृति पार्टी7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...