सूचनाको बेवास्ता गरेपछि तारकेश्वर नगरपालिकाले चलायो तीनपिप्लेमा डोजर

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

16
Share
Featured

काठमाडौँ

काठमाडौंको तारकेश्वर नगरपालिकाले तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू डोजर लगाएर भत्काएको छ। नगरपालिकाले आज बिहानैदेखि उक्त क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य भौतिक संरचनाहरू हटाउन सुरु गरेको हो।

सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत नगरपालिकाले यो कदम चालेको जनाएको छ। संरचना भत्काउनुअघि नगरपालिकाले त्यहाँ सञ्चालित पसल र व्यवसायीहरूलाई जग्गा खाली गर्नका लागि केही दिनअघि नै औपचारिक सूचना तथा चेतावनी दिएको थियो। सूचनाको पालना नभएपछि नगरपालिकाले डोजर प्रयोग गरी अतिक्रमण हटाएको हो। नगरपालिकाले आगामी दिनमा पनि सार्वजनिक जग्गा संरक्षणको कार्यलाई निरन्तरता दिने बताएको छ।

यो समाचारमा

तारकेश्वर नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। जुलाई १५ मा श्रीलंका प्रस्थान गरेका उनले त्यहाँ आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाको सत्तारुढ दल जनता विमुक्ति

    Data is loading...

    Loading brands...

    Loading footer...