दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

16
Share
Featured
  • सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले म्याग्दी, मुस्ताङ र पर्वतमा चालु आव २०८२/८३ का लागि कुल रु ११ करोड ९३ लाख ७३ हजारभन्दा बढीको लागतमा १७ वटा विकास आयोजना अगाडि बढाएको छ।

  • म्याग्दीको रघुगङ्गा–४ दग्नाममा बर्सेनि आउने पहिरो रोक्नका लागि सबैभन्दा ठुलो बजेट अर्थात् रु २ करोड २५ लाख ६९ हजार ९२९ विनियोजन गरी काम सुरु गरिएको छ।

  • आयोजना अन्तर्गत मुस्ताङमा सबैभन्दा बढी १० वटा योजना रहेका छन्, जसमा बाढीबाट प्रभावित कागबेनी बस्ती संरक्षणका लागि रु १ करोड ९१ लाख ४३ हजार छुट्याइएको छ।

  • म्याग्दीकै मङ्गलाघाट, दानाको घट्टेखोला र घराप बस्ती संरक्षणका लागि बजेट विनियोजन गरिएको छ भने पर्वतको लमायखोलामा बहुउद्देश्यीय तलाउ र लुङ्दीखोला संरक्षणको काम भइरहेको छ।

  • इन्जिनियर नरजङ्ग गुरुङका अनुसार विसं २०८२ को हिउँदमा ठेक्का लागेका यी सबै पूर्वाधार तथा सिँचाइ योजनाहरू आउँदो असार १९ गतेभित्रै सम्पन्न गरी हस्तान्तरण गर्ने गरी निर्माण व्यवसायीहरू कार्यक्षेत्रमा खटिएका छन्।

समाचार सारांशGenerated using AI.

म्याग्दी, ७ जेठ I

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङपर्वतमा चालु आर्थिक वर्ष २०८२/८३ मा करिब रु १२ करोड लागतमा १७ आयोजना कार्यान्वयन भएका छन् ।

पर्वतमा तीन, म्याग्दीमा चार र मुस्ताङमा १० योजना निर्माणका लागि विभिन्न कम्पनीहरुसँग रु ११ करोड ९३ लाख ७३ हजार ७४३ मा ठेक्का सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ । विसं २०८२ माघ, फागुन र चैत महिनामा ठेक्का सम्झौता भएका १७ वटै योजना चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भएका आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले जानकारी दिनुभयो ।

“ठेक्का सम्झौता गरेका सबै योजनाका निर्माण व्यवसायी कार्यक्षेत्रमा परिचालित भएका छन्”, उहाँले भन्नुभयो, “आगामी असार १९ गतेसम्म ठेक्काको म्याद भएका सबै योजना निर्माण कार्य धमाधम भइरहेको छ ।” म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामको पहिरो नियन्त्रण योजनाका लागि रु दुई करोड २५ लाख ६९ हजार ९२९ मा र बेनी नगरपालिका–७ मङ्गलाघाट बस्ती संरक्षण योजनाका लागि रु ९९ लाख १९ हजार २९५ मा ठेक्का सम्झौता भएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोला संरक्षण योजनाको रु ८७ लाख ४४ हजार ९८२ र अन्नपूर्ण–४ घराप बस्ती संरक्षण योजनाको रु एक करोड नौ लाख १६ हजार ७६० मा ठेक्का सम्झौता भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीको बस्ती संरक्षण योजनाको रु एक करोड ९१ लख ४३ हजार ६९९, थासाङ गाउँपालिका–२ लार्जुङखोला संरक्षणका लागि रु ७८ लाख ४४ हजार ९८२, लुप्रा गाउँ संरक्षण योजनाको रु २६ लाख ८२ हजार ४५ र तिरिगाउँ स्याउ बगैँचा संरक्षण योजनाको रु २५ लाख ९७ हजार १०३ मा ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ ।

कार्यालयमार्फत मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा, वारागुङ मुक्तिक्षेत्रको फल्याक, झोङ, ढाकारजुङ, झोङ–फल्याक, छुसाङ र झारकोट सिँचाइ योजना कार्यान्वयन भएका छन् ।

पर्वतको फलेवास नगरपालिका–३ लमायखोलामा बहुउद्देश्यीय तलाउन निर्माण गर्न रु ३२ लाख ३५ हजार ९३९, कुश्मा नगरपालिका–१० को उपल्लो बिर्ता माझीको खोला सिँचाइ योजना रु १५ लाख ५२ हजार ५७५ र जलजला गाउँपालिका–७ मिलनचोकमा लुङ्दीखोला संरक्षण योजनाको रु ९१ लाख ७८ हजार ९२० मा ठेक्का सम्झौता भएको छ ।

यो समाचारमा

म्याग्दीमुस्ताङपर्वतपोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    Data is loading...

    Loading brands...

    Loading footer...