चीन - रुसबीच व्यापार र प्रविधिसम्बन्धी २० भन्दा बढी सम्झौतामा हस्ताक्षर

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

21
Share
Featured
  • चीन र रुसले व्यापार, प्रविधि र ऊर्जा क्षेत्रमा २० भन्दा बढी सम्झौतामा हस्ताक्षर गर्दै रणनीतिक साझेदारी थप गहिरो बनाउने घोषणा गरेका छन्।
  • सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भएको भेटमा ग्यास पाइपलाइन, युक्रेन, इरान र अमेरिका सम्बन्धी अन्तर्राष्ट्रिय मुद्दामा पनि छलफल भएको छ।
  • पश्चिमा दबाबबीच दुवै देशले सम्बन्धलाई “नयाँ चरण” र “अभूतपूर्व उचाइ” मा पुगेको बताउँदै बहु-ध्रुवीय विश्व व्यवस्था निर्माणमा जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चिनियाँ राष्ट्रपति शी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बेइजिङमा भएको भेटवार्तापछि दुई देशले व्यापार, प्रविधि र ऊर्जासम्बन्धी २० भन्दा बढी सम्झौतामा हस्ताक्षर गरेका छन्। पुटिनको दुई दिने चीन भ्रमणका क्रममा दुवै नेताले व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने र 'बहु-ध्रुवीय विश्व व्यवस्था' निर्माण गर्ने घोषणापत्रमा समेत हस्ताक्षर गरेका हुन्।

भेटका क्रममा प्राकृतिक ग्यास पाइपलाइन योजनालाई नवीकरण गर्ने सहमति भएको छ भने युक्रेन, इरान र अमेरिकासँगको सम्बन्ध जस्ता अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि छलफल भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको एक हप्ताभित्रै पुटिन बेइजिङ पुग्नुलाई कूटनीतिक रूपमा निकै अर्थपूर्ण मानिएको छ।

सीले दुई देशको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको बताएका छन् भने पुटिनले यो सम्बन्ध अभूतपूर्व उचाइमा पुगेको दाबी गरेका छन्। यी सम्झौताहरूले पश्चिमा देशहरूको दबाबका बीच चीन र रुसको सम्बन्धलाई थप सुदृढ बनाएको विश्लेषण गरिएको छ।

यो समाचारमा

इरानशी जिनपिङभ्लादिमिर पुटिनयुक्रेन
चीन5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...