पोर्चुगलको टोली घोषणा : छैटौं पटक विश्वकपको मैदानमा उत्रिँदै ४१ वर्षीय रोनाल्डो

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

20
Share
Featured

लिस्बन- प्रशिक्षक रोबर्टो मार्टिनेजले आगामी महिना हुन लागेको विश्वकप फुटबलका लागि पोर्चुगल राष्ट्रिय टोलीको घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिका, क्यानडामेक्सिको मा हुन लागेको सन् २०२६ विश्वकपका लागि उनले आधिकारिक टोली घोषणा गरेका छन्।

पोर्चुगल राष्ट्रिय टोली समूह ‘जे’ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगो, कोलम्बिया र उज्बेकिस्तानसँग रहेको छ। पोर्चुगल २०२६ विश्वकप अभियानको लागि बलियोमध्ये एक टोली मानिएको छ। क्रिस्टियानो रोनाल्डोकाे छैटौं विश्वकप यात्रा तय गर्दा उपाधि चुमेमा सर्वकालीन महान् खेलाडीमा दरिनेछन् ।

रोबर्टो मार्टिनेजले मंगलबार २६ सदस्यीय टोली घोषणा गरेका छन्। जसमा परेका ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले आफ्नो छैटौं र अन्तिम विश्वकप खेल्ने छन्।

रोनाल्डोसँगै ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, भिटिन्हा, जोआओ नेभेस, राफेल लियाओ र रुबेन डियास जस्ता चर्चित खेलाडी टोलीमा छन्। यसले पोर्चुगललाई विश्वकै बलियो टोलीमध्ये एक बनाएको छ।

यो टोली घोषणा हुँदा केही चर्चित खेलाडी छुटेकाका छन् । जसमा जोआओ पाल्हिन्हा, रोड्रिगो मोरा, रिकार्डो होर्ता र पेद्रो गोन्साल्भेस रहेका छन् ।

टोलीमा चारजना गोलकिपर छन्। प्रशिक्षक मार्टिनेजका अनुसार रिकार्डो भेल्हो चौथो नम्बरका गोलकिपर हुन्। उनी बेन्चमा नबस्ने तर प्रशिक्षणमा सहभागी हुने छन्।

मार्टिनेजले टोलीमा रहेको ‘+१’ लाई गत वर्ष दुर्घटनामा मृत्यु भएका डिएगो जोटाप्रति श्रद्धाञ्जलीको रूपमा व्याख्या गरेका छन्। यसकारण २७ खेलाडीको टोली घोषणा गरिएको छ।


पोर्चुगिज टोली


गोलकिपर :

डिएगो कोस्टा

रुइ सिल्भा

जोसे सा

रिकार्डो भेल्हो (रिकार्डो फिल्हो)


डिफेन्स :

जोआओ कान्सेलो

डिएगो डालोट

रुबेन डियास

गोन्सालो इनासियो

रेनाटो भेगा

थोमस आर्युजो

नुनो मेन्डेस

मानियस नुनेज

नेल्सन सेमेडो


मिडफिल्ड :

ब्रुनो फर्नान्डेस

बर्नार्डो सिल्भा

जोआओ नेभेस

भिटिन्हा

रुबेन नेभेस

सामु कोस्टा


फरवार्ड :

फ्रान्सिस्को ट्रिन्काओ

राफेल लियाओ

गोन्सालो रामोस

क्रिस्टियानो रोनाल्डो

जोआओ फेलिक्स

पेद्रो नेटो

फ्रान्सिस्को कन्सेइसाओ

गोन्सालो गुएडेस

यो समाचारमा

लिस्बनसंयुक्त राज्य अमेरिकाक्यानडामेक्सिको
पोर्चुगल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...