कांग्रेस–एमाले सातै प्रदेश सरकार फेरबदलको तयारीमा, नयाँ सत्ता समीकरणबारे छलफल तीव्र

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

17
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले) सातै प्रदेशमा सरकार फेरबदल गर्ने तयारीमा जुटेका छन् । दुवै दलबीच नयाँ सत्ता समीकरण निर्माणबारे उच्चस्तरीय छलफल तीव्र बनेको छ ।

एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पार्टी सचिवालयमा कांग्रेससँग निर्णायक संवाद हुने जानकारी दिएका छन् । नयाँ समीकरणमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटबारे समेत छलफल भइरहेको छ ।

कांग्रेसले चार प्रदेशको नेतृत्व दाबी गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहित तीनदलीय सहकार्यको प्रस्ताव पनि अघि सारिएको छ । बजेटअघि वा पछि सरकार परिवर्तन गर्ने विषयमा समेत दलहरूबीच छलफल जारी छ ।

कांग्रेस–एमालेबीचको भेटवार्ता र छलफलपछि आज–भोलिमै सातै प्रदेशको नयाँ सत्ता समीकरणबारे टुंगो लाग्न सक्ने बताइएको छ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
नेपाली काँग्रेस4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...