शिक्षा बजेटको करिब ७० प्रतिशत स्थानीय तहमा जाने, विद्यालय सुधार प्राथमिकतामा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

22
Share
Featured
  • शिक्षा सचिव चुडामणि पौडेलका अनुसार शिक्षा क्षेत्रको करिब ७० प्रतिशत बजेट स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत जाने गरी बजेट बनाइँदैछ।
  • आगामी बजेटमा प्रदेश र स्थानीय तहलाई उच्च प्राथमिकता दिँदै विद्यालय क्षेत्र सुधार कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखिएको छ।
  • १६औँ पञ्चवर्षीय योजना र शिक्षा ऐनसँग समन्वय गर्दै दीर्घकालीन नीतिअनुसार बजेट तर्जुमा भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

शिक्षा सचिव चुडामणि पौडेलले शिक्षा क्षेत्रको कुल बजेटको करिब ७० प्रतिशत रकम तल्लो तह अर्थात् स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत जाने गरी बजेट तर्जुमा भइरहेको जानकारी दिएका छन् ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव पौडेलले प्रदेश र विशेषगरी स्थानीय तहलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको बताए । उनका अनुसार राष्ट्रिय योजना तथा नीतिहरूलाई आधार मानी बजेटलाई दीर्घकालीन लक्ष्यसँग समन्वय गर्ने प्रयास भइरहेको छ ।

उनले विद्यालय क्षेत्र सुधार कार्यक्रमलाई आगामी बजेटको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गरे । साथै १६औँ पञ्चवर्षीय योजना, अनिवार्य तथा निःशुल्क शिक्षा ऐनलगायत नीतिगत दस्तावेजलाई आधार मानी बजेट निर्माण भइरहेको उनले स्पष्ट पारे ।

सचिव पौडेलका अनुसार आगामी बजेटलाई नीति तथा कार्यक्रमसँग अधिकतम तालमेल हुने गरी तयार पारिँदै छ र स्थानीय तहमा स्रोतको ठूलो हिस्सा पुग्ने व्यवस्था सुनिश्चित गरिएको छ ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...