वसन्त ऋतुमा १,१८१ आरोहीले लिए हिमाल आरोहण अनुमति

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

24
Share
Featured
  • यस वर्ष ७९ देशका १ हजार १८१ आरोहीले नेपालका विभिन्न हिमाल आरोहणको अनुमति लिएका छन् ।
  • सगरमाथाका लागि मात्र ५५ देशका ४९४ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
  • हिमाल आरोहणबाट करिब १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

यस वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशी आरोहीको सङ्ख्यामा वृद्धि भएको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा ७९ देशका कुल १ हजार १८१ आरोहीले हिमाल आरोहणको अनुमति लिएका छन् ।

विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार सबैभन्दा धेरै आरोहण अनुमति सगरमाथा (माउन्ट एभरेस्ट)का लागि जारी गरिएको छ । हालसम्म सगरमाथा आरोहणका लागि ५५ देशका ४९४ आरोहीले अनुमति लिएका छन् । तीमध्ये चीन, संयुक्त राज्य अमेरिका, भारत, युनाइटेड किंगडम, रूस, अष्ट्रेलिया, जापान लगायत देशका नागरिकहरूको सङ्ख्या बढी रहेको छ ।

त्यस्तै, ल्होत्से, आमादब्लम, नुप्त्से, हिम्लुङ, कञ्चनजङ्घा र धवलागिरि लगायतका हिमालका लागि पनि उल्लेख्य सङ्ख्यामा आरोहीले अनुमति लिएका छन् । विभागले ६ हजार ५०० मिटरभन्दा माथिका हिमाल आरोहणको अनुमति प्रदान गर्दै आएको छ भने ५ हजार ८०० देखि ६ हजार ५०० मिटरसम्मका हिमालका लागि अनुमति नेपाल पर्वतारोहण सङ्घले दिने व्यवस्था रहेको छ ।

पर्यटन विभागले यस वर्षको हिमाल आरोहणबाट करिब १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको जनाएको छ । सगरमाथाबाट मात्रै सबैभन्दा बढी राजस्व संकलन भएको विभागले जनाएको छ । हाल सगरमाथासहित अन्य हिमालमा आरोहण कार्य सुरु भइसकेको छ ।

यो समाचारमा

चीनजापानसंयुक्त राज्य अमेरिकाकाठमाडौँ
युनाइटेड किंगडम8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...