जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन ८–१० दिनभित्र सार्वजनिक हुने

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

21
Share
Featured
  • राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन ८–१० दिनभित्र सार्वजनिक हुने बताएकी छन् ।
  • प्रतिवेदनमा नीतिगत, संस्थागत र संरचनात्मक सुधारसहित ३०–४० वटा सिफारिस समेटिएको जानकारी दिइएको छ ।
  • करिब १० हजार पृष्ठको प्रतिवेदन तयार भएको र नेपाली सेनाको बयान ढिलाइका कारण सार्वजनिक गर्न समय लागेको बताइएको छ ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले जेनजी तथा युवा आन्दोलनसँग सम्बन्धित प्रतिवेदन आगामी ८ देखि १० दिनभित्र सार्वजनिक हुने बताएकी छन् । उनले प्रतिवेदन तयार भइसके पनि केही प्राविधिक प्रक्रिया बाँकी रहेकाले सार्वजनिक गर्न ढिलाइ भएको जानकारी दिइन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले प्रतिवेदनमा दोषी को हो, कहाँ सुधार आवश्यक छ तथा नीतिगत, संस्थागत र संरचनात्मक रूपमा के–कस्ता परिवर्तन गर्नुपर्ने भन्ने विषय विस्तृत रूपमा समेटिएको बताइन् । उनका अनुसार प्रतिवेदनमा ३० देखि ४० वटा सिफारिसहरू समेत समावेश छन् ।

उनले प्रतिवेदनमा करिब १० हजार पृष्ठको दस्तावेज तयार गरिएको उल्लेख गर्दै विभिन्न सरोकारवाला, सरकारका प्रतिनिधि तथा सम्बन्धित व्यक्तिहरूका बयानहरू समावेश गरिएको बताइन् । नेपाली सेनाको बयान ढिलो प्राप्त भएकाले प्रक्रिया केही लम्बिएको उनले स्पष्ट पारिन् ।

थापाले प्रतिवेदन सार्वजनिक नभए आफैं बाहिर ल्याउने चेतावनीसमेत दिएकी छन् । साथै, विगतका सिफारिस कार्यान्वयन नभएको भन्दै यसपटक सबै पक्षले जिम्मेवारीपूर्वक कार्यान्वयनका लागि दबाब दिनुपर्नेमा जोड दिइन् ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय मानव अधिकार आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...