काठमाडौँ
सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ आज थप ५ सय रुपैयाँले वृद्धि हुँदै तोलाको २ लाख ९५ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यसअघि गएको शुक्रबार र आइतबार दुई दिनमा सुनको भाउ तोलामा ८ हजार ५ सय रुपैयाँले घटेको थियो। सोमबार सुनको मूल्य २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज पुनः वृद्धि भएको हो ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज तोलामा ४५ रुपैयाँले बढेर चाँदीको भाउ ५ हजार ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार पछिल्ला दिनहरूमा सुन–चाँदीको मूल्यमा लगातार उतारचढाव देखिँदै आएको छ, जसले बजारमा अस्थिरता कायम गरेको छ ।