चितवनमा याक चिजको माग बढ्दो क्रममा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

28
Share
Featured

    • चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जिल्लाबासीका लागि पहिलो पटक हिमाली क्षेत्रको स्वादिष्ट र पोसिलो 'याक चिज' बजारमा ल्याएको छ।
    • दुग्ध विकास संस्थान (डिडिसी) द्वारा उत्पादित याक चिजलाई सङ्घले आफ्ना विभिन्न डेरी मार्टहरू मार्फत बिक्री खुल्ला गरेको हो।
    • सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार हाललाई यो चिज परीक्षणका रूपमा ल्याइएको छ र ग्राहकको माग तथा रुचि हेरेर आयात परिमाण थप गरिनेछ।
    • रत्ननगरमा आफ्नै उद्योग सञ्चालन गरिरहेको सङ्घले आफ्ना मार्टहरूमा दूध, दही, पनिर, मोही र घ्यू जस्ता नियमित उत्पादन सँगसँगै अब याक चिज पनि थपेको हो।
    समाचार सारांशGenerated using AI.

    चितवन, ५ जेठ I

    यहाँका वजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्ना डेरीमार्टहरुमा यसको उपलव्धता गराएको हो ।

    सङ्घका अध्यक्ष किशोर बगालेले सङ्घले आइतबारदेखि याक चिज जिल्लामा उपलब्ध गराउन थालेको जानकारी दिनुभयो । दुग्ध विकास संस्थान (डिडिसी)ले उत्पादन र बिक्री वितरण गर्दै आएको सो चिज जिल्लामा ल्याइएको हो । संस्थानले उत्पादन गरेका अन्य वस्तुहरुसमेत मार्टबाट बिक्री गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “याकको चिज अहिले परीक्षणस्वरुप बिक्रीका लागि ल्याएका छौँ । ग्राहकको मागअनुसार यसको आयात बढाइने छ ।” स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि याकको चिजलाई आफूहरुले बिक्री गर्न थालेको उहाँले बताउनुभयो । सङ्घले सञ्चालन गरेको मार्टमा आफ्नै उत्पादनका दुग्ध जन्य वस्तुहरुको उपलब्ध हुँदै आएको छ । दूध, दही, पनिर, चिज, मोही, नौनी, घ्यूजस्ता वस्तु उपलब्ध हुँदै आएको छ ।

    सङ्घले आफ्नो उत्पादनलाई बजारीकरण गर्नका लागि दुग्धजन्य वस्तुको उत्पादन गर्दै आएको हो । सङ्घले रत्ननगरमा रहेको आफ्नै उद्योगमा उत्पादित बिक्री वितरण गर्दै आएको छ ।

    यो समाचारमा

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

      काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

      Data is loading...

      Loading brands...

      Loading footer...