टोलीको मेहनतले जित सम्भव भयो : सन्दीप लामिछाने

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

21
Share
Featured

काठमाडौँ : आइसिसी विश्वकप लिग–२ को शृङ्खलामा स्कटल्याण्ड माथि महत्वपूर्ण जितपछि नेपालका बलर सन्दीप लामिछानेले टोलीको प्रदर्शनप्रति खुशी व्यक्त गरेका छन्।

यो जित सम्पूर्ण टोलीको मेहनतको परिणाम भएको उनले बताएका छन्। सन्दीपले नेपाली टोलीले दबाबको अवस्थामा पनि संयमित प्रदर्शन गरेको उल्लेख गरे। खेलाडीले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट योगदान दिएको उनको भनाइ छ।

उनले समर्थकहरूको साथले खेलाडीलाई थप प्रेरणा मिलेको पनि बताए। स्कटल्यान्डविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण अंक जोडेको छ। आगामी खेलहरूमा पनि यही लय कायम राख्ने लक्ष्य रहेको उनी बताउँछन्।

नेपालका बलरहरूले स्कटल्यान्डलाई दबाबमा राख्दै नियमित विकेट लिँदा सहज भएको उनले उल्लेख गरे। नेपालको यो जितले लिग–२ मा टोलीको आत्मविश्वास थप बलियो बनाएको सन्दीपले विश्वास व्यक्त गरेका छन्।

यसै प्रतियोगितामार्फत सन्दीपले एकदिवसीयमा एक सय ५० विकेटको आँकडा पूरा गरेका छन्। अस्ट्रेलियाका मिचेल स्टार्कले ७७ खेलमा यो आँकडा पूरा गरेका थिए। सन्दीपले भने ७३ खेलमै १५० विकेट लिए।

यो समाचारमा

काठमाडौँस्कटल्याण्डनेपालसन्दीप लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...