समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

22
Share
Featured
  • सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया आजदेखि सुरु गर्दै पहिलो दिन ३७८ जनालाई बचत रकम फिर्ता गरेको छ।
  • कान्तिपुर, शिव शिखर र पशुपति सहकारीका ५ लाख रुपैयाँभन्दा कम बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखिएको छ।
  • सरकारले ऋणीहरूको नाम सार्वजनिक गरेर ऋण असुली प्रक्रिया तीव्र बनाएको जनाएको छ भने हालसम्म २ करोड रुपैयाँभन्दा बढी असुल भइसकेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले समस्याग्रस्त घोषित सहकारीका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो दिन कान्तिपुर, शिव शिखर र पशुपति सहकारीका गरी कुल ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो।

समितिका अनुसार कान्तिपुरका २ सय १५, शिव शिखरका १ सय ५६ र पशुपतिका ७ जनाले आफ्नो बचत फिर्ता पाएका छन्। हाल ५ लाख रुपैयाँभन्दा कम बचत भएका 'साना बचतकर्ता' लाई प्राथमिकतामा राखिएको छ। कुल ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व रहेकोमा ५ लाखभन्दा बढी बचत गर्नेहरूको संख्या १८ हजार मात्र रहेको समितिले जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्तासँगै ऋणीहरूबाट ऋण असुल्ने कामलाई पनि तीव्र पारिएको जानकारी दिइन्। ऋणीहरूको नाम सार्वजनिक भएपछि हालसम्म २ करोड रुपैयाँभन्दा बढी ऋण असुली भइसकेको छ। समितिले अब क्रमशः बचतको आधारमा वर्गीकरण गर्दै सबै बचतकर्ताको रकम फिर्ता गर्ने योजना बनाएको छ।

यो समाचारमा

प्रतिभा रावलकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या गत वर्षको तुलनामा बढे पनि अहिले सरोकारवालाहरू मौन रहेको टिप्पणी गरेका छन्। आइतबार पार्टी कार्यालयमा सांसदहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले राजनीतिक स्वार्थका आधारमा एउटै विषयलाई फरक–फरक ढङ्गले प्रस्तुत गरिएको आरोप लगाए।"पोहोर यतिबेला विदेश जानेको विषयमा निकै

    Data is loading...

    Loading brands...

    Loading footer...