सर्वोच्चको घटनाक्रमबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको आकस्मिक बैठक

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

17
Share
Featured

काठमाडौँ

सर्वोच्च अदालतमा देखिएको पछिल्लो घटनाक्रमबारे धारणा बनाउन नेपाल बार एसोसिएसनले पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ ।

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गरेको विषयसहित दायर रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता नगरेको र लामो समयदेखि होल्डमा राखिएको घटनापछि बारले बैठक आह्वान गरेको हो ।

त्यस्तै, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएका आदेशहरूको कार्यान्वयन नभएको विषय र प्रतिनिधिसभामा उठेका केही टिप्पणीहरूबारे पनि बैठकमा छलफल हुने नेपाल बारका महासचिव केदार कोइरालाले जानकारी दिएका छन् ।

बारले सर्वोच्च प्रशासनले आदेशको पालना नगरेको भन्दै यसबारे संस्थागत धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो समाचारमा

काठमाडौँसर्वोच्च अदालतसपना प्रधान मल्लनेपाल बार एसोसिएसन
डा. मनोज कुमार शर्मा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...