प्रतिनिधिसभा बैठक आज: बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुँदै

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

19
Share
Featured

            • संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ।
            • बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनेछ।
            • कर प्रस्तावबाहेकका बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावमाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन्।
            • प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले समितिको प्रतिवेदन, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
            • नयाँ बजेट निर्माणको पूर्वसन्ध्यामा हुन लागेको यो छलफललाई संसद् र राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
            समाचार सारांशGenerated using AI.

            काठमाडौँ, ०४ जेठ।

            संघीय संसद् प्रतिनिधिसभाको बैठक आज ११ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनेछ। आर्थिक वर्ष २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल सुरु हुने सम्भावित कार्यसूची छ।

            बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

            यो समाचारमा

            प्रतिनिधि सभाकाठमाडौँ

            यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

              कुल मतदान: 0

              सम्बन्धित समाचार

              sajilo patrika

              भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

              काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

              Data is loading...

              Loading brands...

              Loading footer...