प्रदीप पौडेलको दाबी- प्रधानमन्त्रीले जानीजानी संसद्को उपेक्षा गरे, प्रतिपक्ष चुप बस्न हुँदैन

Author

सजिलो पत्रिका

२०८३ जेठ ०३, आइतबार

22
Share
Featured

काठमाडौँनेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले कांग्रेसले लडेर स्थापित गरेको विधिमा विधि स्थापनाका लागि केही नगर्नेहरू जनताको विश्वास प्राप्त गरेर आएको बताएका छन् । 

प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा उनले यति ठुलो जनविश्वास प्राप्त गरेर आएको सरकार प्रश्नहरूको घेराबाट घेरिन थाल्यो भने नागरिक निरासा झन् बढेर जाने बताए । 

उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले जानीजानी संसद्को उपेक्षा गरेको आरोपसमेत लगाए । महामन्त्री पौडेलले प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी समेत गरे । 

सरकारलाई समयमै सीमाभित्र राख्न नसकेमा लोकतान्त्रिक मूल्य र प्रणाली गम्भीर संकटमा पर्न सक्ने भन्दै लोकतान्त्रिक चरित्र कमजोर भएको राज्यले नागरिकलाई पीडा दिने उनले बताए ।

सरकार असफल होस् भन्ने चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनै पनि प्रयासविरुद्ध प्रतिपक्ष चुप बस्न नमिल्ने उनको भनाइ थियो । कांग्रेस पार्टी लोकतान्त्रिक मूल्य र विधिको रक्षा गर्न पछि नहट्ने उनले जिकिर गरे ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँनेपाली काँग्रेसनेपाल
प्रदिप पौडेल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...