एमालेमा यसरी कमजोर बन्दै ओलीको अस्तित्व

ओलीको किल्लाभित्र विद्या भण्डारीः सदस्यता नहुँदा पनि प्रमुख अतिथि

Author

सस्मिता सुनार

२०८३ जेठ ०३, आइतबार

35
Share
Featured

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)भित्र खड्गप्रसाद शर्मा ओली को एकलौटी कमान्ड चलिरहँदा, पार्टी सदस्यता समेत नवीकरण हुन नसकेकी पूर्वराष्ट्रपतिविद्या देवी भण्डारी एमालेकै मञ्चमा ‘प्रमुख अतिथि’ बनेर कडा रूपमा प्रस्तुत भएकी छन्। मदन–आश्रित स्मृति दिवसका दिन प्रायः अध्यक्ष ओली नै प्रमुख अतिथि बन्ने गरे पनि यस पटक ३३औँ मदन–आश्रित स्मृति सभामा भण्डारीलाई प्रमुख अतिथिका रूपमा बोलाइएपछि एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन बदलिँदै गएको संकेत देखिएको छ।

सदस्यता नवीकरणबिनै यसरी भइन् प्रमुख अतिथि

भण्डारीको सचिवालयका अनुसार उनलाई प्रमुख वक्ताका रूपमा विशेष निमन्त्रणा गरिएकाले नै उनी कार्यक्रममा सहभागी भएकी हुन्। उनी प्रमुख अतिथिका रूपमा उपस्थित भइरहँदा राजनीतिक वृत्तमा भने एउटा ठूलो प्रश्न उठेको छ। विगत दुई वर्षदेखि भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने तयारी गरिरहेकी थिइन्, तर अध्यक्ष ओलीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय  गरेका थिए। हिजोका दिनमा ओलीको उक्त निर्णयलाई साथ दिएका उपाध्यक्ष  विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल ले अहिले ओलीको सट्टा भण्डारीलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गर्नुले अबको नेतृत्वमा भण्डारीलाई अगाडि बढाउन खोजिएको हो कि भन्ने अनुमान राजनीतिक वृत्तमा सुरु भएको छ।

एमालेलाई भण्डारीको कडा निर्देशन

पार्टी सदस्यता नभए पनि प्रमुख अतिथिको आसन ग्रहण गरेकी भण्डारीले एमाले पंक्तिलाई स्पष्ट निर्देशन र कामहरूको फेहरिस्तसमेत प्रस्तुत गरिन्। उनले नेकपा एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै अब पार्टीले जनविश्वासलाई थप सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन्। कार्यकर्ताहरू जनताको बीचमा पुगेर उनीहरूको दुःख–सुखमा सहभागी हुँदै समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्ने भन्दै विशेष गरी युवा वर्गलाई लक्षित गरेर मदन–आश्रित स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रममा मात्र सीमित नराखी वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रूपमा लिनसमेत आग्रह गरिन्।

एमालेमा यसरी कमजोर बन्दै ओलीको अस्तित्व

कुनै समय एमालेमा ओलीको साम्राज्य हुँदा जीवित नेतामा उनको मात्रै पोस्टर राख्ने र उनलाई नै मात्र प्रमुख अतिथि बनाउने चलन थियो। तर, पछिल्ला केही दिनयता एमालेभित्र ओलीको उपस्थिति र अस्तित्व क्रमशः सेलाउँदै गएको देखिन्छ। पार्टीको ७७औँ स्थापना दिवस वैशाख ९ गते मनाउँदा प्रचारका लागि तयार पारिएको ब्यानरमा समेत ओलीको तस्बिर राखिएको थिएन। त्यही समयदेखि नै पार्टीभित्र नयाँ नेतृत्वको खोजी भइरहेको धेरैले अनुमान लगाएका थिए। अहिले पार्टीको मुख्य कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाइनुले एमालेको राजनीति नयाँ मोडमा पुगेको र ढिलोचाँडो नेतृत्व परिवर्तन हुने संकेत गर्छ। कतिपयले त भण्डारीलाई नै पार्टीको आगामी बागडोर सुम्पिन लागिएको हो कि भन्ने अड्कलबाजी समेत गर्न थालेका छन्। यसअघि पनि एमालेका शीर्ष नेताहरूले नेतृत्व परिवर्तनको आवाज उठाएका थिए, तर महाधिवेशनबाट ओली नै पुनः अध्यक्ष बनेपछि मौन रहेका नेताहरूले अहिले सांकेतिक रूपमा विरोध जनाउन थालेको स्पष्ट देखिन्छ।

‘हिरो’ देखि संकटसम्म: ओलीको प्रतिकूल समय

पछिल्लो समय अध्यक्ष ओलीका लागि राजनीतिक रूपमा अनुकूल देखिएको छैन। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण उनको प्रधानमन्त्री पद गुम्यो भने निर्वाचनमा समेत पराजय व्यहोर्नुपर्‍यो। कुनै बेला भारतीय नाकाबन्दीको डटेर सामना गरेका र चुच्चे नक्सा जारी गराएर ‘हिरो’ साबित भएका ओलीका लागि अहिलेको राजनीतिक अवस्था निकै प्रतिकूल बनेको छ। चैत १४ गते त उनलाई अनुसन्धानका लागि हिरासतमा समेत राखियो र पछि अदालतको आदेशमा मात्र रिहा गरियो।  स्रोतका अनुसार अहिले ओलीसँग उपाध्यक्ष रामबहादुर थापा 'बादल' र सचिव महेश बस्नेत मात्र बलियो गरी उभिएका छन् भने ओलीकै अन्य सहयोगी नेताहरू समेत उनलाई बिदा गर्नुपर्ने पक्षमा देखिन्छन्। यस्तो तरल अवस्थामा आज विद्यादेवी भण्डारी प्रमुख अतिथि बनेर एमालेको कार्यक्रममा पुग्नु र निर्देशनात्मक सम्बोधन गर्नुले एमालेभित्रको राजनीतिक बहसलाई शिखरमा पुर्‍याइदिएको छ।

यो समाचारमा

शंकर पोखरेलखड्गप्रसाद शर्मा ओलीविष्णुप्रसाद पौडेलकाठमाडौँ
विद्या देवी भण्डारी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...