जुत्ताभित्र लुकाएर भित्र्याइएको १ लाख पिस 'भेप'सहित दुई ट्रक नियन्त्रणमा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०३, आइतबार

29
Share
Featured

            • मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका दुई वटा शङ्कास्पद ट्रकहरू भन्सार कार्यालयको नियन्त्रणमा परेका छन्।
            • नियन्त्रणमा लिइएका गाडीहरूबाट प्रारम्भिक अनुमानअनुसार करिब एक लाख पिस अवैध 'भेप' बरामद गरिएको छ।
            • तस्करहरूले जुत्ताको ग्यालेनभित्र लुकाएर प्रतिबन्धित इलेक्ट्रोनिक चुरोट नेपाल भित्र्याउन खोजेका थिए।
            • भन्सार कार्यालय मुस्ताङका प्रमुख बिदुर चुडालका अनुसार ट्रक र चालक दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।
            • नेपालमा 'भेप' तथा इलेक्ट्रोनिक चुरोटको आयात, बिक्री-वितरण र प्रयोग पूर्ण रूपमा प्रतिबन्धित रहेको छ।
            समाचार सारांशGenerated using AI.

            मुक्तिनाथ (मुस्ताङ) , ०३ जेठ 

            मुस्ताङस्थित कोरोला नाकाबाट नेपालभित्रिएका दुई वटा शङ्कास्पद गाडीलाई मुस्ताङ भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि ती गाडीबाट ठूलो परिमाणमा अवैध ‘भेप’ (इलेक्ट्रोनिक चुरोट) बरामद भएको छ। मुस्ताङ भन्सार कार्यालयका अनुसार शुक्रबार राति मुस्ताङ भन्सार कार्यालयले ती गाडी नियन्त्रणमा लिएको हो। प्रारम्भिक जानकारीअनुसार गाडीभित्र करिब एक लाख पिस ‘भेप’ लुकाएर ल्याइएको हो।

            हाल दुवै गाडी भन्सारको नियन्त्रणमा राखिएको छ भने गाडी खोलेर विस्तृत जाँच तथा गणनाको काम भइरहेको छ। भन्सार कार्यालय मुस्ताङ प्रमुख बिदुर चुडालले जुत्तासँगै लुकाएर ल्याएको भेप सहित ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिनुभयो। नेपालमा ‘भेप’ तथा इलेक्ट्रोनिक चुरोटको आयात, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध छ।

            यो समाचारमा

            नेपालमुस्ताङ

            यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

              कुल मतदान: 0

              सम्बन्धित समाचार

              sajilo patrika

              शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

              काठमाडौं । सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र

              Data is loading...

              Loading brands...

              Loading footer...