आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

18
Share
Featured

काठमाडौँ – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २४८ रनको विशाल लक्ष्य दिएको छ । ईडेन गार्डेन्स मैदानमा भएको खेलमा गुजरात टाइटन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गरेको कोलकाताका ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गर्दै ठूलो स्कोर खडा गरे । टोलीका लागि फिन एडनले ३५ बलमा ९३ रनको विस्फोटक इनिङ खेले । उनको पारीमा ४ चौका र १० छक्का समावेश थिए ।

त्यसैगरी अंगकृष रघुवंशीले नटआउट ८२ रनको शानदार योगदान दिए। उनले ४४ बल खेल्दै ४ चौका र ७ छक्का प्रहार गरे ।

अन्तिम ओभरहरूमा क्यामरन ग्रीनले पनि आक्रामक ब्याटिङ गर्दै २८ बलमा नटआउट ५२ रन बनाए । उनको पारीमा ३ चौका र ४ छक्का समावेश रहे । कोलकाताका कप्तान अजिंक्य रहाणे १४ रन बनाएर आउट भए ।

गुजरात टाइटन्सतर्फ मोहम्मद सिराज र साई किशोरले १–१ विकेट लिए। तर अन्य बलरहरू महँगो सावित भए । विशेषगरी राशिद खानले ४ ओभरमा ५७ रन खर्चिए भने अरशद खानको एक मात्र ओभरमा २२ रन गएको थियो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...