नेपालको दमदार प्रदर्शन : अमेरिकालाई ९ विकेटले पराजित

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

27
Share
Featured

काठमाडौँ

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले संयुक्त राज्य अमेरिकामाथि नौ विकेटको शानदार जित दर्ता गरेको छ । अमेरिकाले दिएको १९५ रनको लक्ष्य नेपालले एक विकेट मात्र गुमाएर सहजै पूरा गरेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अविजित शतक प्रहार गर्दै १२० रनको उत्कृष्ट इनिङ खेले । उनले ११८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे भने आशिफ शेखले ५८ रनको योगदान दिए । दुवैले पहिलो विकेटका लागि १५४ रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रनमै समेटिएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान १–१ विकेट लिए । अमेरिकाका स्मित पटेलले ८४ रन र शेहान जयसूर्याले ५० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यो जितसँगै नेपालले महत्वपूर्ण २० अङ्क जोड्दै तालिकामा सुधार गरेको छ ।

यो समाचारमा

नेपालकाठमाडौँकीर्तिपुरत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान
संयुक्त राज्य अमेरिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...