नेपाली कांग्रेस प्रवक्ता चालिसेः संस्थागत नेतृत्व नै लोकतन्त्रको आधार

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

31
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले लोकतान्त्रिक व्यवस्थामा व्यक्ति भन्दा संस्था ठूलो हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै उनले व्यक्ति क्षणिक हुने तर संस्था स्थायी हुने धारणा राखेका हुन्।

चालिसेले लोकतन्त्रमा प्रक्रिया सबैका लागि समान हुने र त्यसैले संस्थाले नै शासन प्रणाली सञ्चालन गर्ने बताए। उनका अनुसार नेतृत्वले व्यक्तिगत इच्छाभन्दा संस्थागत प्रक्रियालाई प्राथमिकता दिनुपर्छ।

उनले वास्तविक नेतृत्वले संस्थालाई कमजोर पारेर आफूलाई “हिरो” देखाउने काम नगर्ने स्पष्ट पारे। बरु नेतृत्वले संस्थालाई अझ बलियो, जवाफदेही र स्थिर बनाउने दायित्व पूरा गर्नुपर्ने उनको भनाइ छ।

चालिसेले कुनै पनि नेता आफूलाई संस्थाभन्दा माथि ठान्न थाले लोकतन्त्र संकटमा पर्ने चेतावनी दिए। “व्यक्ति आउँछन् जान्छन्, तर संस्था रहिरहनुपर्छ,” उनले भने।

उनका अनुसार राजनीति आवेगले नभई संस्थागत सन्तुलन र विधि–विधानका आधारमा चल्नुपर्ने हुन्छ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसदेवराज चालिसे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...