कोशी प्रदेशको बजेट कार्यान्वयन सुस्त, अन्तिम दुई महिनामा ठूलो खर्चको चुनौती

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

24
Share
Featured
  • कोशी प्रदेश सरकारले १० महिनामा कुल बजेटको करिब ३६ प्रतिशत मात्र खर्च गरेको छ, जसले बजेट कार्यान्वयन कमजोर देखाएको छ।
  • आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा लक्ष्य पूरा गर्न सरकारलाई अझै करिब २२ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने दबाब छ।
  • पुँजीगत खर्च निकै सुस्त देखिँदा असारे विकासको जोखिम बढेको छ, यद्यपि राजस्व संकलनमा केही प्रगति भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा कुल बजेटको करिब ३६ प्रतिशत मात्र खर्च गर्न सकेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष सकिन अब दुई महिना मात्र बाँकी रहँदा सरकारले अझै ठूलो रकम खर्च गर्न बाँकी रहेको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब २ करोड २ लाख रुपैयाँको बजेट ल्याएको थियो। वैशाख मसान्तसम्मको विवरणअनुसार १३ अर्ब ७ करोड १० लाख रुपैयाँ मात्र खर्च भएको छ। अब जेठ र असार दुई महिनामा मात्रै २२ अर्ब ९४ करोडभन्दा बढी खर्च गर्नुपर्ने दबाब सरकारलाई छ।

विकास निर्माणका लागि विनियोजित पुँजीगत खर्चको अवस्था झनै कमजोर देखिएको छ। १७ अर्ब १४ करोड रुपैयाँ पुँजीगत बजेटमध्ये १० महिनामा करिब ५ अर्ब २९ करोड रुपैयाँ मात्र खर्च भएको छ। बाँकी ११ अर्बभन्दा बढी रकम दुई महिनामा खर्च गर्नुपर्ने अवस्था छ, जसले असारे विकासको जोखिम बढाएको छ।

चालु खर्चतर्फ भने केही सुधार देखिएको छ। १८ अर्ब ७७ करोड रुपैयाँको चालु बजेटमध्ये करिब ७ अर्ब ७२ करोड रुपैयाँ खर्च भएको छ, जुन करिब ४१ प्रतिशत हो।

मन्त्रालयगत रूपमा हेर्दा भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा ऊर्जा मन्त्रालय र स्वास्थ्य मन्त्रालयको बजेट खर्च पनि सुस्त देखिएको छ। खर्च कमजोर भए पनि प्रदेश सरकारले वैशाख मसान्तसम्म करिब २५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।

यो समाचारमा

काठमाडौँकोशी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ कालिका भित्री सडकखण्डमा सोमबार बिहान स्कार्पियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर–१५ की करिब ४० वर्षीया आरती उराउ रहेकी छन्।काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय

    Data is loading...

    Loading brands...

    Loading footer...