नेपालभर सुजुकी ई–भिटाराको डेलिभरी औपचारिक रूपमा सुरु

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

26
Share
Featured
  • सीजी मोटोकर्पले सुजुकी ई–भिटाराको देशव्यापी डेलिभरी सुरु गरेको छ, जुन कम्पनीको पहिलो पूर्ण रूपमा निर्मित विद्युतीय सवारी हो।
  • ४९ लाख ९९ हजारदेखि ६३ लाख ९९ हजार रुपैयाँसम्मका विभिन्न भेरियन्टमा सीमित समयका लागि छुटसहित बिक्री भइरहेको छ।
  • जापानी प्रविधि, उच्च सुरक्षा, ४४० देखि ५४३ किमि रेन्ज र देशभर २५ बिक्री केन्द्र तथा ४० सर्भिस सेन्टरमार्फत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सीजी मोटोकर्पले नेपालभर सुजुकी ई–भिटाराको डेलिभरी औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीका अनुसार यो नेपाली बजारमा पहिलो पूर्ण रूपमा निर्मित (सीबीयू) ब्याट्री सञ्चालन हुने विद्युतीय सवारी (बीईभी) हो, जसले विद्युतीय गाडी क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

जापानी इन्जिनियरिङ, आधुनिक विद्युतीय प्रविधि, उच्च सुरक्षा सुविधा र दैनिक प्रयोगका लागि व्यावहारिक डिजाइनसहितको ई–भिटाराले ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। बुकिङ गरिएका गाडीहरूको डेलिभरी सुजुकीको आधिकारिक डिलर सञ्जालमार्फत भइरहेको छ।

लन्च अवसरमा कम्पनीले सुरु मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ। ४४० किलोमिटर रेन्ज दिने ४८.८ किलोवाट ब्याट्री मोडेल ५२ लाख ९९ हजारको साटो ४९ लाख ९९ हजारमा उपलब्ध गराइँदैछ भने ५४३ किलोमिटर रेन्ज दिने ६१.१ किलोवाट ब्याट्री मोडेलसहित अन्य भेरियन्टहरूमा पनि ४ देखि ५ लाख रुपैयाँसम्म छुट दिइएको छ। यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

नेपालभर रहेका २५ बिक्री केन्द्र र ४० सर्भिस सेन्टरमार्फत सेवा प्रदान गरिने कम्पनीले जनाएको छ। स्पेयर पार्ट्सको उपलब्धता, दक्ष प्राविधिक जनशक्ति र बिक्रीपछिको सेवा प्रणालीका कारण ग्राहकलाई सहज र विश्वसनीय स्वामित्व अनुभव मिल्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार ई–भिटारामा दुई ब्याट्री विकल्प (४९ केडब्लुएच र ६१ केडब्लुएच) उपलब्ध छन्, जसले क्रमशः १०८ किलोवाट र १२८ किलोवाट पावर उत्पादन गर्छन्। उच्च प्रदर्शन, आधुनिक प्रविधि र सुजुकीको दीर्घकालीन विश्वसनीयतासहित यो गाडी आफ्नो सेग्मेन्टमा शक्तिशाली ईभीका रूपमा प्रस्तुत गरिएको छ।

सुजुकीले सन् २०३० सम्म थप ६ नयाँ विद्युतीय सवारी ल्याउने योजना पनि सार्वजनिक गरेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...