अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य, लिग–२ खेलमा नेपाल दबाबमा

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

25
Share
Featured


आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा संयुक्त राज्य अमेरिकाले नेपाललाई जितका लागि १९६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा अलआउट हुँदै १९५ रनमा समेटिएको हो।

अमेरिकाका लागि स्मित पटेल र सेहान जयसूर्याले अर्धशतकीय इनिङ खेले। पटेलले ८३ रन तथा जयसूर्याले ५० रन बनाए। अन्य खेलाडी भने दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे। सन्दीप लामिछाने र गुलशन झाले १/१ विकेट लिए।

लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबीचको शृङ्खलामा हालसम्म दुई खेल सम्पन्न भएका छन्, जसमा दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ।

अंक तालिकामा नेपाल आठौँ स्थानमा छ भने आजको खेल नेपालका लागि अति महत्वपूर्ण मानिएको छ।

यो समाचारमा

संयुक्त राज्य अमेरिकाकीर्तिपुरत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानकाठमाडौँ
नेपाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...