आङदेम्बेको असन्तुष्टि : नीति तथा कार्यक्रममाथि बहस समय अपुग भएको आरोप

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

16
Share
Featured
  • कांग्रेस नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रममाथिको संसदीय बहसको समय अत्यन्त कम भएको भन्दै असन्तुष्टि जनाएका छन्।
  • उनले सरकारले डिजिटलाइजेसनको कुरा गरे पनि ग्रामीण क्षेत्रका किसान र मजदुरसम्म प्रविधिको पहुँच सुनिश्चित नगरेको आरोप लगाए।
  • आङदेम्बेले नीति तथा कार्यक्रमलाई गम्भीर छलफलको विषय बनाउँदै सांसदलाई पर्याप्त समय दिनुपर्नेमा जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्म राज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा भएको बहसका लागि पर्याप्त समय नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

उनले मुलुकको एक वर्षको मार्गचित्र तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि गहिरो छलफल आवश्यक भए पनि सरकारले यसपटक बहसलाई अत्यन्तै सीमित समय, करिब ६ घण्टामा मात्रै सीमित गरेको बताए। विगतमा कम्तीमा तीन दिनसम्म बहस हुने परम्परा रहेको उनले स्मरण गराए।

आङदेम्बेले नीति तथा कार्यक्रमलाई गम्भीरतापूर्वक छलफल गर्नुपर्ने विषय भन्दै यसलाई सामान्य प्रक्रियाजस्तो व्यवहार गर्नु गलत भएको टिप्पणी गरे। उनले सांसदहरूलाई विस्तृत रूपमा धारणा राख्ने अवसर दिनुपर्नेमा जोड दिए।

उनले सरकारको नीति तथा कार्यक्रममा डिजिटलाइजेसन र प्रविधिको विषय उठाइए पनि गाउँका गरिब किसान र मजदुरसम्म प्रविधिको पहुँच पुर्‍याउने स्पष्ट योजना नदेखिएको आरोप लगाए। नागरिक एप जस्ता कार्यक्रम प्रभावकारी बनाउन आधारभूत प्रविधि र मोबाइल पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।

नेता आङदेम्बेले दुई तिहाइ बहुमतको सरकार भए पनि नीति तथा कार्यक्रमलाई व्यवस्थित र समावेशी बनाउन नसकिएको भन्दै आगामी बजेटमार्फत सुधार गर्न सरकारलाई आग्रह गरे। उनले नेपाली कांग्रेसको भूमिका केवल विरोधका लागि विरोध गर्ने नभई नीति सुधारमा रचनात्मक रहने स्पष्ट पारे।

उनको भनाइमा नीति तथा कार्यक्रम देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण दस्तावेज भएकाले यसमाथि पर्याप्त र गहिरो बहस आवश्यक रहेको उल्लेख गरिएको छ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँभीष्म राज आङदेम्बे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...